काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रत्ननगर नगरपालिका वडा नं १५ माधवपुरस्थित पिठुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई ३ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

खानेपानीको पाइपलाइन विस्तार गर्ने तथा सरसफाइ कार्यक्रम सञ्चालन एवं केही स्थानमा चेक भल्व तथा चेम्बर निर्माण कार्य गर्नका लागि आर्थिक सहयोगबापत  ३ लाख रुपैयाँको चेक बैँकका संचालक चिन्तामणी भट्टराईले संस्थाका अध्यक्ष आसिक तामाबलाई एक समारोहका बीच हस्तान्तरण गरे। 

त्यस अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहरा, मुख्य प्रबन्धक दिपक खनाल र टाँडी शाखा प्रबन्धक सुर्दशन घिमिरेको उपस्थिति थियो ।