काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्सले आर्थिक वर्ष २०७३/७४ मा १९ करोड ९ लाख खूद नाफा कमाएको छ । अघिल्लो वर्ष यही अवधिमा कम्पनीको नाफा १५ करोड १७ लाखमा सीमित थियो । 

कम्पनीले यो अवधिमा ७५ करोड १२ लाख खूद बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ४६ करोड ८५ लाखमा सीमित थियो । पुनर्बिमा कमिसनबाट ९ करोड ५१ लाख कमाएको लुम्बिनीले समीक्षा अवधिमा ३२ करोड ५६ लाख बढीको दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षसम्म यस्तो भुक्तानी २३ करोड ९७ लाखमा सीमित थियो । 

यो अवधिमा कम्पनीको व्यवस्थापन खर्च अचाक्ली बढेको छ । अघिल्लो वर्षसम्म ८ करोड ४६ लाखमा सीमित यस्तो खर्च बढेर समीक्षा अवधिको अन्तसम्म ११ करोड ९३ लाख पुुगेको छ । 

यो अवधिसम्म कम्पनीले १ लाख ५४ हजार ५ सय ८० बिमालेख जारी गरेको छ । अघिल्लो वर्ष बिमा लेखको संख्या १ लाख ३१ हजार ४ सय ८६ मा सीमित थियो ।  

अघिल्लो वर्षसम्म २३ करोड ७६ लाखमा सीमित बिमा कोष बढेर ३३ करोड ३१ लाखको उचाईमा पुुगेको छ भने महाविपत्ति जगेडाको रुपमा कम्पनीले १ करोड ८६ लाख जम्मा गरेको छ । यो कम्पनीको जगेडाकोष दुुईगुणाले बढेको छ । अघिल्लो वर्षसम्म ९ करोड २६ लाखमा सीमित जगेडाकोष बढेर यो वर्ष १८ करोड ८१ लाखको उचाईमा पुुगेको हो । यो कम्पनीको चुक्तापूँजी ३९ करोड रहेको छ । 

यो अवधिमा लुम्बिनी जनरल इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ४८.९७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २३८.४४ रुपैयाँ र मूल्य आम्दानी अनुपात १८.९९ रुपैयाँ कायम भएको छ ।