काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमबार लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ।

नेप्सेले गत आर्थिक वर्षका लागि प्रस्तावित ८.१२ प्रतिशत बोनस सेयरका लागि लुम्बिनी जनरल इन्स्योरेन्सको सेयरमूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार अब यो कम्पनीको सेयर प्रतिकित्ता ३४६ रुपैयाँ कायम भएको छ।

समायोजित मूल्यअनुसार अब यो कम्पनीको सेयर कारोबारमा आउनेछ।

कम्पनीले यही असार २४ गते बुधबार आफ्नो १५ औँ वार्षिक साधारणसभा डाकेको छ । सोही सभाले प्रस्तावित लाभांश पारित गर्नेछ।

प्रस्तावित लाभांशमा चुक्तापुँजी १ अर्ब ५ करोड ६० लाख रुपैयाँको ८.१२ प्रतिशतले हुन आउने ८ करोड ५८ लाख रुपैयाँबराबरको बोनस सेयर र लाभांश कर प्रयोजनार्थ ०.४० प्रतिशतले हुन आउने ४२ लाख ९० हजार रुपैयाँबराबरको नगद लाभांश रहेको छ।

साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले आज ९असार ८ गते) १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।