काठमाण्डौ । लुम्बिनी विकास बैंकले सेन्ट्रल डाइगोनेष्टिक ल्याबोरेटोरी प्रा. लि. सँग बैंकका कर्मचारी एवम् निजका आश्रित परिवार सदस्यहरु, डेबिट कार्डबाहक तथा बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ता साथै निक्षेपकर्ता र ऋणीहरुलाई नोबेल कोरोना भाइरस जाँचको लागि पीसीआर परीक्षण तथा सामान्य प्याथोलोजी परीक्षण सुविधाहरुमा १०% देखी २५% सम्म छुट प्रदान गर्ने सम्झौता गरेको छ । उक्त सुविधा ल्याबोरेटोरीको कमलपोखरी, काठमाडौ स्थित मुख्य कार्यालय तथा बिरगन्ज मा अवस्थित शाखा कार्यालय नारायणी सेन्ट्रल ल्याब प्रा. लि.बाट समेत प्राप्त गर्न सकिने छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी  र ल्याबोरेटोरीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेश प्रसाद गुप्ताले हस्ताक्षर गरे । 

लुम्बिनी विकास बैंक लिमिटेडले देशभरका ६८ शाखाहरुबाट आफ्ना ग्राहकहरुलाई उच्च स्तरीय आधुनिक एवं नवीनतम प्रविधिसहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकले आफ्ना ग्राहकहरुलाई  निशुःल्क डेविट÷एटीएम कार्ड वितरण गर्नुका साथै उक्त कार्डबाट नेपालभित्रका कुनै पनि बैंकका भिजा नेटवर्क भएका एटिएमबाट रकम झिक्दा कुनै पनि अतिरिक्त शुल्क नलाग्ने व्यवस्था मिलाएको छ ।