-चन्द्रकान्त खनाल
रुपन्देही । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० र प्रदेश नम्वर ५ को सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्षलाई सहयोग पुर्याउन पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु संचालन गर्ने भएको छ ।

बैंकले दुबै सरकारले घोषणा गरेको भ्रमण वर्षलाई वित्तीय क्षेत्रबाट पनि सहयोग गरी आन्तरिक तथा बाह्य पर्यटक बढाउन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको बताएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु गर्ने बताए । 

बैंकले पर्यटन क्षेत्रको विकासका लागि उक्त क्षेत्रको लगानीलाई उच्च प्राथमिकतामा राखि सेवा दिने पनि पौडेलले बताए । 

नेपालको व्यापार घाटा कम गर्ने उपयुक्त माध्यम पर्यटन क्षेत्र भएकाले बैंकले पर्यटन क्षेत्रलाई बिशेष प्राथमिकतामा राख्न लागेको पनि प्रमुख कार्यकारी अधिकृत पौडेलको भनाई छ।

यसैबीच शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले नयाँ वर्ष २०७६ को क्यालेण्डर पर्यटन बिशेषका रुपमा प्रकाशन गरेको छ ।

बुद्ध जन्मस्थल लुम्बिनी, पाल्पाको ऐतिहासिक स्थल रानीमहल, रारा र तिलिचो ताल, सगरमाथा र अन्नपूर्ण हिमालको तस्बीर राखेर  क्यालेण्डर प्रकाशन गरेको हो । 

पर्यटन बिशेष क्यालेण्डरको बैंकमा आयोजित संक्षिप्त कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत पौडेल, नायव महाप्रवन्धकहरु साजन भट्टराई र लोकराज पनेरु, प्रमुख जोखिम अधिकृत यशोधन पाण्डेय, प्रमुख बित्त अधिकृत भुवन प्रसाद पन्थ, सामान्य सेवा बिभाग प्रमुख लालमणि पन्थी र प्रमुख सञ्चालन अधिृकृत नम्रता थापा तथा सञ्चालन बिभाग प्रमुख मित्रमणी पोखरेलले संंयुक्त रुपमा बिमोचन गरे ।