काठमाण्डौ । सरकारले मुख्य सचिवमा लोकदर्शन रेग्मीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले गृहमन्त्रालयको सचिवको रुपमा काम गर्दै आएका रेग्मीलाई सरकारको मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । 

मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले मंगलबारदेखि अवकाश पाउँदैछन् । उनले अवकाश पाउनुुभन्दा एकदिनअघि नै रेग्मीलाई सरकारले मुख्य सचिव बनाएको हो । 

तत्कालीन मुख्यसचिव सोमलाल सुवेदीले एशियाली विकास बैंकको जागिरको लोभमा मुख्यसचिव पदबाट राजीनामा दिएपछि क्षेत्रीलाई मुख्य सचिव बनाइएको थियो ।