काठमाण्डौ । युवापुस्तामाझ निकै लोकप्रिय अनलाइन गेम ‘पब्जी’ मोबाइल लाइटका लागि नयाँ अपडेट भर्जन ०.१४.१ सार्वजनिक भएको छ ।

यो नयाँ अपडेटसँगै यसका प्रयोगकर्ताले गोल्डेन बुड्स म्याप, नयाँ आर्केड मोडजस्ता फिचर्सहरु पाउने छन् । नयाँ आर्केड मोड एक प्रकारको स्पेसल ‘वार’ मोड हो । जसमा यसका प्रयोगकर्ताले आरपीजी ७ का माध्यमबाट फाइट गर्न सक्छन् ।

यो नयाँ लेटेस्ट अपडेटमा गोल्डेन बुड्स म्याप पाइन्छ । जुन कि एउटा स्मल टाउन सेटिङवाला म्याप हो । यो नयाँ म्यापमा टाइट म्याच खेल्न सकिन्छ । 

यसका साथै प्लेयर्सका लागि कयौँ इन्टेन्स कम्ब्याट सिनेरियो पनि उपलब्ध रहेका छन् । –एजेन्सी