काठमाण्डौ । लोकसेवा आयोगअन्तर्गत सञ्चालित हुने परीक्षाको तयारी गरिरहनु भएकाहरुका लागि लक्षित गरी तयार पारिएको ‘लोकसेवा परीक्षा विशेष’ यो दोस्रो प्रस्तुति हो । हामीले हरेक साता सोमबार यसलाई निरन्तरता दिने प्रतिबद्धता पनि गरिरहेका छौँ ।

आज हामीले विशेषगरी निजामती सेवा पुरस्कारका बारेमा केही महत्वपूर्ण जानकारीका साथै पहिलो सातामा जस्तै ५० वटा प्रश्नहरुको एउटा नमुना प्रश्नसेट तयार गरेका छौँ । यो नमुना प्रश्नसेट हामीले हरेक साता प्रस्तुत गर्ने नै छौँ भने केही महत्वपूर्ण समसामयिक विषयवस्तुमा पनि चर्चा गर्ने नै छौँ ।

निजामती सेवा पुरस्कार, २०७६

वि.सं. २०१३ भाद्र २२ गते टंकप्रसाद आचार्यको पालमा निजामती सेवा ऐन आएको सन्दर्भ पारेर निजामती सेवा दिवस वि.सं. २०६१ सालबाट मनाउन थालिएको हो ।

यस वर्षको निजामती सेवा दिवसको नारा “सक्षम निजामती प्रशासनः विकास, समृद्धि र सुशासन” भन्ने थियो । निजामती सेवा पुरस्कार वि.सं. २०६३ सालदेखि प्रदान गरिँदै आएको छ । यो पुरस्कार एकजनालाई सर्वोत्कृष्ट, १० जनालाई उत्कृष्ट र ३० जनालाई निजामती पुरस्कार प्रदान गरिन्छ । सर्वोत्कृष्ट निजामती पुरस्कारको राशि २ लाख, उत्कृष्ट नजामती पुरस्कारको राशि १ लाख र निजामती पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ ।

यो पुरस्कार प्रत्येक वर्ष निजामती सेवा दिवसका दिन अर्थात् भाद्र २२ गते प्रदान गरिन्छ । वि.सं. २०७६ सालको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार कसैलाई पनि प्रदान गरिएन । सर्वोत्कृष्ट निजामती पुरस्कार वि.सं. २०७३ साल पछिका वर्षहरूमा कसैलाई पनि दिइएको छैन ।

हालसम्म सर्वोत्कृष्ट निजामती पुरस्कार पाउने व्यक्तिहरू

१. सुर्यप्रसाद गौतम – २०६८

२. भाइकाजितिवारी – २०६९

३. भगवती प्रसाद काफ्ले – २०७०

४.शान्तराज सुवेदी – २०७३

२०७६ सालको उत्कृष्ट निजामती पुरस्कार पाउने व्यक्तिहरू

सहसचिवहरू महेश्वर काफ्ले (महालेखा परिक्षकको कार्यालय), नारायणप्रसाद रेग्मी (सहरजिष्टार, सर्वोच्च अदालत), रामकाजी खडका (परराष्ट्र), हुमकला पाण्डे (अख्तियार), केदारनाथशर्मा (गृह), केदारप्रसाद पनेरू (संघीय मामिला तथा सामान्य प्रशासन), दिनेश रेग्मी (प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय) तथा उपसचिव विष्णप्रसाद रेग्मी (कानुन मन्त्रालय), नायवसुब्बा रोशन राई (निर्वाचन आयोग) र कृष्ण गोविन्द महर्जन (कार्यालय सहयोगी) छन् ।

२०७६ सालको निजामती पुरस्कार पाउने व्यक्तिहरू

रामप्रसाद घिमिरे, जगन्नाथ देवकोटा, मणिराम गेलाल, अणप्रसाद न्यौपाने, पूर्णबहादुर द्वारचन, पूर्णमानश्रेष्ठ, समन्तमणि आचार्य, राममणि भट्टराई, रुद्रप्रसाद पण्डित, केशवप्रसाद पन्त, दिनेश भट्टराई, बिमल सापकोटा, संगीताओझा, महेन्द्रप्रसाद साँची केशवप्रसाद घिमिरे, सुशील डंगोल, भाष्कर दाहाल, कमानसिंह थापामगर, विकास सुन्दास, मदनकुमार सिंह, शोभाकुमारी पोखरेल, डिल्लीराम भट्ट, पुनिताझा, कल्पनाशर्मा ढकाल, विद्याचन्द्र झा, उमेश मोची, सुमित्रा केसी पुन, मैतीतामाङ, धर्मराज पाण्डे र बाबुरत्नमहर्जन

हालसम्म मनाइएका निजामती सेवा दिवसहरूका नारा

२०६१ “सुशासन र प्रदान गरिने सेवाको प्रभावकारिता”

२०६२ “सवल प्रशासन, स्वच्छ प्रशासन”

२०६३ “लोकतन्त्रका लागि जनमुखी नागरिक प्रशासन”

२०६४ “पारदर्शी प्रशासन : लोकतन्त्रिक प्रशासन”

२०६५ “जनसेवा : हाम्रो प्रतिबद्धता”

२०६६ “जनताका लागि प्रशासन”

२०६७ “शिष्ट र नम्र व्यवहार : सेवाग्राहीको अधिकार”

२०६८ “जनतालाई सम्मान र सेवा : सुशासनलाई टेवा”

२०६९ “जनमुखीप्रशासन : अनुशासन र सुशासन”

२०७० “सुशासन र सदाचार : निजामती सेवाका आधार”

२०७१ “निजामती सेवाको मान्यता : अनुशासन, इमान्दारी र नैतिकता” 

२०७२ “निजामती सेवाको सपना : समुद्ध नेपालको रचना”

२०७३ “सेवामैत्रीप्रशासन, सघीयतामा सुशासन”

२०७४ “निजामती सेवाको प्रतिबद्धता, पारदर्शिता र चुस्तता”

२०७५ “नतिजामुखी प्रशासन : समृद्धि र सुशासन”

२०७६ “सक्षमनिजामतीप्रशासन : विकास, समृद्धि र सुशासन”

आजको नमुना पत्र -