काठमाण्डौ । आज हामी लोकसेवा आयोग विशेष सामग्रीको १६ औँ अंकमा आइपुगेका छौँ । पाठकहरुको रुचिले यो सामग्री हरेक सोमबारका दिन प्रस्तुत गर्न पाउँदा हामी निकै उत्साहित भएका छौँ ।

विशेषगरी लोकसेवाअन्तर्गतका परीक्षाहरुको तयारी गरिरहेकाहरुका लागि यो सामग्री सहयोगीसिद्ध भएकोमा हामी निकै खुसी छौँ । तपाइँहरुले हामीले प्रस्तुत गर्दै आएका सामग्री पढेर केही भए पनि लाभान्वित हुनुभएको छ भन्ने हामीलाई पक्कै लागेको छ ।

समसामयिक

मिष्टर नेपाल २०१९

  • मिस्टर नेपाल, २०१९ सन्तोष उपाध्याय
  • फाइनल प्रतिस्पर्धामा २१ प्रतिस्पर्धीलाई पछि पार्दै
  • दिलराज न्यौपाने फस्ट रनरअप भए ।
  • विमल पाण्डे सेकेन्ड रनरअप भए ।

हेम बहादुर मल्ल सम्मान पुरस्कार

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आँखा रोग विशेषज्ञ÷चिकित्सक डा. सन्दक रुइतलाई २ लाख राशि रहेको हेम बहादुर मल्ल पुरस्कारबाट नेपाल जन प्रशासन संघ र साल्ट टे«डिङ कर्पोरेशनले सम्मानित गरेको छ । कुलमान घिसिङलाई बि.सं. २०७३ सालको र सन्दुक रुइतलाई २०७४ सालको पुरस्कारबाट सम्मान गरिएको हो ।

पुष्पा बस्नेत बनिन् देशकै प्रेरणादायी व्यक्तित्व

गोलकास्ट डट कमले सार्वजनिक गरेको सन् २०१० देखि २०१९ सम्मको प्रेरणादायी व्यक्तित्वमा नेपालकी समाजसेवी पुष्पा बस्नेत पहिलो नम्बरमा परेकी छन् । जेलमा परेका आमाबुवाको सन्ताको पालनपोषण र शिक्षादिक्षा दिदैं आएकी बस्नेतले यहि दशकमा सिएनएन हिरो र सिएनएन सुप्पर हिरो जस्ता अवार्डहरू पनि जितिसकेकि छन् ।

13th CNN HERO, 2019

मानव सेवा तथा लोक परोपकारी कार्यमा सरिक भई उल्लेखनीय कार्य गरे बापत प्रदान गरीने विशेष सम्मान । सन् २००७ देखि USA को USA टेलिभिजनले प्रदान गर्ने यो सम्मानका लागि १० जना छनोट गरीन्छ भने १ जनालाई CNN Hero  उपाधि प्रदान गरीन्छ ।

CNN HERO, 2019 का विजेता फ्रेवेनी मेब्राहट (Freweini Mebrahtu) (इथियोपिया)हुन् । इथियोपियाकी रसायन ईन्जिनियर र आविष्कारम समेत रहेकी फ्रेवेनी मेब्राहट इथियोपियाली केटाकेटीहरूलाई विद्यालयमा रहन सहयोग गरेको आधारमा यो पुरस्कार प्रदानगरिएको हो । अमेरिकी टेलिभिजन नेटवर्क (CNN)  ले प्रदानगर्ने यो पुरस्कार प्रथम पटक पाब्लो फजार्डो (इक्वेडर) लाई प्रदान गरिएको थियो । The top 10 CNN Heroes of 2019 each received USD$10,000. The 2019 CNN Hero of the Year received an additional USD$100,000.

The top 10 CNN Heroes of 2019:

  • Staci Alonso       
  • NajahBazzy
  • Woody Faircloth              
  • FreweiniMebrahtu
  • Mark Meyers    
  • Richard Miles
  • Roger Montoya               
  • Mary Robinson
  • Afroz Shah         
  • Zach Wigal

नेपाललाई CNN HERO अवार्ड

सन् २०१० मा अनुराधा कोइराला ःप्रसिद्ध समाजसेवी तथा माइती नेपालकी संस्थापक अध्यक्ष, उनको यो गैरसरकारी संस्था मार्फत बेचिएका चेलीबेटीको उद्वार गर्ने गरेकी छन् । खासगरी भारतीय कोठीहरूमा बेचिएर नारकीय जीवन बिताउन वाध्य भएका नेपाली चेलीबेटीहरूको उद्धार तथा पुनस्र्थापनामा उनको संस्था कृयाशील छ । सन् २०१० मा सीएनएन हिरोबाट सम्मानित उनले १ लाख २५ हजार अमेरिकी डलरप्राप्त गरेकी थिइन् ।

सन् २०१० मा पुष्पा बस्नेत र सन् २०१६ मा Super Hero  पुष्पा बस्नेत : Early Childhood Devlopment Center (ECDC) नामको दिवा सेवा केन्द्र र Butterfly Home  स्थापना गरी कैदीबाबु र आमासँग जेलमा बस्न बाध्य बालबालिकालाई ल्याएर स्वतन्त्र वातावरणमा बालबालिका हुर्काउने काममा सङ्लग्न छिन् पुष्पा बस्नेत । सिएनएनले प्रदानगर्दै आएको सीएनएन हिरो अर्वाड वितरणको दशवर्ष पुगेको अवसरमा अवार्ड विजेताहरू मध्येबाट एकलाई प्रदान गरेको “सिएनएन सुपर हिरो” अवाड नेपालकी सिएनएन हिरो, २०१२ विजेता अर्थात प्रारम्भिक बालविकास केन्द्र तथा पुतली घर नामक संस्थाकी संस्थापक पुष्पा बस्नेतलाई प्रदान गरेको छ । उहाँले यस अर्वाडमा ५० हजार अमेरिकी डलर समेत प्राप्तगर्नु भएको छ ।

सन् २०१५ माम्यागि डोयनः अमेरीकी नागरिक तर नेपालको सुर्खेतमा कोपिला भ्याली समाज नामक स्कुल सञ्चालक

अहिलेसम्मका CNN हिरोहरू

  • सन् २००७ पब्लो फजार्दाे (इक्वेडर)
  • सन् २००८ लिजम्याक काट्नि (सेन्ट बेनार्ड पेरिस)
  • सन् २००९ इफरेन पेनालोरिडा (फिलिपिन्स)
  • सन् २०१० अनुराधा कोइराला (नेपाल)
  • सन् २०११ रोबिन लिम (इन्डोनेशिया)
  • सन् २०१२ पुष्पा बस्नेत (नेपाल)
  • सन् २०१३ काकन्यनतैया (केन्या)
  • सन् २०१४ पेन फार्थिङ्ग (बेलायत)
  • सन् २०१५ म्यागि डोयन, (अमेरिका÷नेपाल)
  • सन् २०१६ जेसन अरिस्तिजावल (कोलम्विया)
  • सन् २०१७ एमी राईट (अमेरिका)    
  • सन् २०१८ रिकार्डो पुनचोङ्ग (पेरु)
  • सन् २०१९ फ्रेवेनी मेब्राहट (इथियोपिया)        

 

लेखक : तिलाचन सापकोटा

तलको नमुनापत्र हल गर्नुहोस् –