काठमाण्डौ । आज हामी लोकसेवा आयोग विशेष सामग्रीको १७ औँ अंकमा आइपुगेका छौँ । पाठकहरुको रुचिले यो सामग्री हरेक सोमबारका दिन प्रस्तुत गर्न पाउँदा हामी निकै उत्साहित भएका छौँ ।

विशेषगरी लोकसेवाअन्तर्गतका परीक्षाहरुको तयारी गरिरहेकाहरुका लागि यो सामग्री सहयोगीसिद्ध भएकोमा हामी निकै खुसी छौँ । तपाइँहरुले हामीले प्रस्तुत गर्दै आएका सामग्री पढेर केही भए पनि लाभान्वित हुनुभएको छ भन्ने हामीलाई पक्कै लागेको छ ।

समसामयिक

अमेरिका र इरानको तनाब

  • सन् २०२० जनवरी ३ मा अमेरिकी ड्रोन आक्रमणबाट इरानी सैनिक कमान्डर कासिम सुलेमानीको हत्या गरे पछि इरान र अमेरिकाबीच तनाव उत्पन्न भएको थियो । 
  • जनवरी ७ मा इरानको संसद्ले अमेरिकी सेना र पेन्टागनलाई आतंकवादी संगठन घोषणा गर्ने एउटा प्रस्तावसमेत पारित गरेको थियो । 
  • जनवरी ८ सैन्य कमान्डर सुलेमानीको बदलालिन इरानले इराकको बग्दादमा रहेको एरबिल र अल–असदमा रहेका अमेरिकी सैनिकक्यापहरूमा फेतह–३१३ नामक क्षेप्यास्त्रप्रहार गरेको थियो । उक्त क्षेप्यास्त्र इरानी सैनिक भोल्युसनरी गार्डस्ले प्रयोग गरेका थिए। यसै दिन अमेरिकाले इरानमाथि थप प्रतिबन्धको घोषणासमेत गरेको थियो ।
  • अमेरिकाले जनवरी ९ को दिन इरानसँग विना शर्त गम्भीर वार्ता गर्न तयार रहेको जानकारी गराएको थियो ।

प्रदेश ३ को नाम र राजधानी तोकियो 

वि. स २०७६ पुस २७ गते प्रदेश नं. ३ कोे नाम बागमती राखिएको छ । नाम बागमती राख्ने पक्षमा १०८ मत खसेको थियो भने विपक्षमामत खसेन । त्यस्तै बागमती प्रदेशको राजधानी हेटौँडालाई तोकिएको छ । हेटौँडा राजधानी राख्ने पक्षमा १०५ र विपक्षमा जम्मा ३ मत खसेको थियो ।

इरानमा युक्रेनको विमान दुर्घटना

सन २०२० जनवरी ८ मा बोइङ ७३७–८०० विमान दुर्घटनाग्रस्त भएको हो । इरानको तेहरानबाट उक्त विमान युक्रेनको राजधानी किभका लागि प्रस्थान गरेको थियो। १७६ जना यात्रु र चालक दलका सदस्य सवार रहेका थिए ।

लेखक : तिलाचन सापकोटा

 तलको नमुना प्रश्नपत्र हल गर्नुहोस्