काठमाण्डौ । आज हामी लोकसेवा उपयोगी सामग्री प्रस्तुतिको १८ औँ सातामा आइपुगेका छौँ । यो सेगमेन्टबाट हामीले थुप्रै पाठकहरुबाट राम्रा सल्लाहसुझाव पाइरहेका छौँ । विस्तारै यो सेगमेन्टलाई अझै फराकिलो पार्दै लैजाने हाम्रो योजना पनि छ ।

आजको सामग्री लक्षित हामी लोकसेवाअन्तर्गतका शाखा अधिकृत पदमा प्रवेश गर्न तयारी गरिरहनुभएकाहरुका लागि तयार गरिएको छ । आजको सामग्रीबाट तपाइँहरु पक्कै पनि लाभान्वित हुने हामीले आशा लिएका छौँ । 

समसामयिक

नयाँ सभामुख

वि.सं.२०७६ माघ १२ गते नेपालको सभामुखमा अग्नि सापकोटा निर्विरोध निर्वाचित भएका छन् । प्रतिनिधिसभाका जेठो सदस्य रहेका महन्थ ठाकुरले अन्गी सापकोटा सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए । उनका प्रस्तावक सुवा नेवाङ्ग हुन भने ओनसरी घर्ती मगर र लक्ष्मणलला कर्णले प्रस्तावको समर्थन जनाएका थिए । नेपालका पहिलो सभामुख कृष्णप्रसाद भट्टराई हुन् । सापकोटा भन्दा अघिका समामुख कृष्णबहादुर महराले वि.सं. २०७६ असोज १४ मा राजिनामा दिएका थिए ।

ट्रान्सपरेन्सी इन्टरनेशनल सूचकांक प्रतिवेदन, २०१९

सन् २०२० जनवरी २३ मा ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआर्ई) ले भ्रष्टाचार अवधारणा सूचकाङ्क, २०१९ को प्रतिवेदन सार्वजनिक गरेको छ । सीपीआई– २०१९ ले १८० देशमा सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञ र व्यावसायीको अवधारणा मापन गरेको थियो ।

यस सूचकाङ्कमा १०० अंकले अति स्वच्छ र ० अंकले अति भ्रष्टाचार रहेको जनाउँछ । विश्वसनीय अन्तर्राष्ट्रिय संस्थाहरुले गरेको विभिन्न सर्वेक्षणको आधारमा टीआईद्वारा यो सूची तयार गरीन्छ । टीआईले यो सूची सन् १९९५ देखि प्रत्येक वर्ष सार्वजनिक गर्दै आएको छ भने यस सूचीमा नेपाललाई सन् २००४ देखि समावेश गरिएको हो । २०१९ को देशहरूको सूची :

र्कीतिमानी होचा व्यक्ति खगेन्द्र थापामगरको निधन

२८ वर्षको उमेरमा वि.सं. २०७६ माघ ३ गते विश्वकै होचा व्यक्तिको कीर्तिमान राखेका खगेन्द्र थापामगरको निधन भएको हो । खगेन्द्र वि.सं. २०६७ असोज २८ गते विश्वकै होचा व्यक्तिको रूपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल भएका थिए । उनि ५७ सेन्टिमिटर अर्थात् २२ दशमलव ०४ इन्चका थिए ।

२२ औ भुकम्प सुरक्षा दिवश २०७६ 

वि.सं. १९९० माघ २ गते गएको महाभूकम्पको सम्झनामा वि.सं. २०५५ सालबाट हरेक वर्ष माघ २ लाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसको रूपमा मनाउँदै आइएको छ । यो वर्षको नारा “भूकम्पबाट सुरक्षित पुर्वाधार सदीगो सुख र समृद्धि को आधार“ भन्ने रहेको थियो । वि.सं. २०७५ को नारा विपदबाट सुरक्षित हुने नागरिक अधिकारःपुरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानीय सरकार भन्ने रहेको थियो । नेपाल भूकम्पिय जोखिमका दृष्टिले विश्वको ११ औं स्थानमा पर्दछ ।

 

लेखक : तिलाचन सापकोटा

नमुना प्रश्नपत्र हल गर्नुहोस् –