काठमाण्डौ। कोरोनाभाइरस रोकथामका लागि लोकसेवा आयोगले चैत ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गरेको छ। 

आयोगको आज बुधबार बसेको बैठकले यस्तो निर्णय लिएको हो। कोरोनाभाइरसले सिर्जना गरेको स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी चैत ७ गते शनिबारदेखि चैत मसान्तसम्मको लिखित परीक्षा स्थगित गर्ने निर्णय गरिएको आयोगका उपसचिव एकनारायण शर्माद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ। 

चैत मसान्तम्म लोकसेवा आयोगद्वारा सञ्चालन हुने गरी पूर्वनिर्धारत निजामी सेवा, सुरक्षा निकाय र संगठनतर्फका लिखित परीक्षा कार्यक्रमहरु अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको सूचनामा जनाइएको छ।