काठमाण्डौ । लोकसेवा आयोगको परीक्षाको तयारी गरिरहनुभएकाहरुलाई हरेक सोमबार प्रस्तुत गर्दै आएका लोकसेवा विशेष सामग्री आज ११ भागमा पुगेको छ ।

यो सामग्रीलाई लोकसेवा परीक्षाको तयारी गर्नेसँगै आमपाठकहरुले रुचाइदिनुभएको छ । हामीले आफ्नोतर्फ परीक्षार्थीहरुको सहयोगका लागि भरमग्दुर प्रयास गरिरहेका छौँ । उहाँ धेरैभन्दा धेरै समसामयिक जानकारीसँगै हरेक साता एउटा नमुना सेटसँगै अभ्यासका लागि प्रोत्साहन पनि गरिरहेका छौँ।

अझै यो ‘लोकसेवा विशेष सामग्री’ लाई राम्रो बनाउन केही सल्लाहसुझाव छ भने हामीलाई ई–मेल गर्न सक्नुहुन्छ । 

समसामयिक जानकारी

‘पुतलीबाजे’ लाई मानार्थ नेपाली नागरिकता

पुतलीबाजे नामले चर्चित ८३ वर्षीय बेलायतका नागरिक कोलिन स्मिथले मानार्थ नागरिकता पाउने भएका छन् । नेपाल सरकारको २०७६ कात्तिक २९ गते बसेको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि नेपालमा रहँदै आएका स्मिथलाई योगदानको कदर गर्दै सम्मानपूर्वक नागरिकता प्रदान गर्ने निर्णय गरेको हो । 

स्मिथ सन् १९६६ मा युनाइटेड मिसनमार्फत शिक्षण पेसाका लागि नेपाल आएका थिए। गोरखाको अमरज्योति माविमा विज्ञान र गणित शिक्षकका रुपमा उनी कार्यरत थिए । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र वरिष्ठ चिकित्सक स्व. उपेन्द्र देवकोटा उनका शिष्य थिए ।

नेपालबाट पहिलो सम्मानार्थ नागरिकता पाउने व्यक्तिप्रथम सगरमाथा आरोही न्यूजिल्यान्डका नागरिक एडमन्ड हिलारी हुन् । यससँगै सम्मानार्थ नागरिकता पाउनेको संख्या ४ पुग्ने भएको छ ।

मन्त्रीमण्डलको पुनर्गठन

वि.स. २०७६ मंसिर ४ गते नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम २५ सदस्यीय (२१ मन्त्री र ३ राज्यमन्त्री) प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मन्त्रीमण्डलको पुनर्गठन गर्नुभएको छ । यसअघि विसं २०७४ फागुन ३ गते केपी शर्मा ओलीको नेतृत्वमा मन्त्रिपरिषद् गठन भएको थियो ।

प्रदेश ३ लोकसेवा आयोगका अध्यक्ष नियुक्त

सुरेशमान श्रेष्ठ (पूर्वसचिव) वि.सं. २०७६ कात्तिक २९ गते प्रदेश लोकसेवा आयोगको अध्यक्षमा नियुक्त हुनुभएको हो । वि.स. २०७६ मंसिर २ गते प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको थियो ।

लेखक : तिलाचन सापकोटा

तलको नमुना प्रश्नपत्र हल गर्नुहोस् :