काठमाण्डौ । लोकसेवाअन्तर्गत लिइने परीक्षाको तयारी गरिरहेकाहरुका लागि हामीले यो सामग्री प्रस्तुत गर्न थालेको आज १३ औँ भाग भइसकेको छ । 

परीक्षाको तयारी गरिरहेकाहरुले हाम्रो यो सामग्री निकै नै मन पराइदिनुभएको हामीले विभिन्न शुभचिन्तक तथा पाठकहरुबाट प्रतिक्रिया पाइरहेका छौँ । व्यावसायिक हिसाबले डिजिटल मिडियामा रहेका हामीले सामाजिक उत्तरदायित्वअन्तर्गत विना कुनै लाभ यो सामग्री प्रस्तुत गरिरहेका छौँ ।

हरेक साता सोमबार दिन यो सामग्री प्रस्तुत गर्नुको हाम्रो एउटामात्र उद्देश्य हो कि लोकसेवाको तयारी गरिरहेकाहरुलाई थोरै भए पनि हाम्रोतर्फबाट अभ्यासमा सहयोग पुगोस् भन्ने नै हो । समय परिस्थितिअनुसार यो सेग्मेन्टलाई अझै परिस्कृत गर्दै लैजाने हामी प्रण पनि गर्छौं । साथ अझै हाम्रा पाठक र शुभचिन्तकबाट यो सेग्मेन्टबारे प्रक्रिया र सुझावहरु आउने हामीले अपेक्षा पनि लिएका छौँ । 

महत्वूर्ण समसामयिक गतिविधिहरु

‘नाष्ट प्रविधि पुरस्कार’ २०७६

  • नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई
  • नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट) ले यस वर्षको ‘नाष्ट प्रविधि पुरस्कार’  प्रदान गरेको छ 
  • विद्युत् आपूर्ति तथा मागको वैज्ञानिक तथा प्राविधिक व्यवस्थापन गरी देशलाई लोडसेडिङमुक्त बनाउन योगदान पुर्याएबापत
  • पुरस्कारको राशि १ लाख रुपैयाँ नगद र सम्मानपत्र

भ्वाइस अफ नेपाल सिजन–२ 

  • सम्पन्न मिति – द्दण्ठट मंसिर द्दज्ञ
  • सम्पन्न स्थान – ह्वयात ग्राउन्ड, चुच्चेपार्टी बौद्ध 
  • बिजेता – राम लिम्बू
  • टप–४ मा पर्ने – राम लिम्बू, सनिस श्रेष्ठ, विकास लिम्बू, आरिफ राउफ ।

लेखक : तिलाचन सापकोटा

तलको नमुना प्रश्नपत्र हल गर्नुहोस् –