काठमाण्डौ । लोमस फर्मास्युटिकल्स र होम एण्ड अफिस सेफ्टीले घर र कार्यालय सुरक्षाका लागि अटोमेटिक डिस्पेन्सर ल्याएका छन् । 
 

चीनको नम्बर एक कम्पनीबाट डिस्पेन्सर झिकाइएको हो । 

ह्याण्ड एक्स डिपार्टमेन्टका निर्देशक प्रनवजंग पाण्डेकाअनुसार यो डिस्पेन्सर अटोमेटिक हुनेछ । आफूहरुले आधुनिक र गुणस्तरीय स्यानिटाईजर बजारमा ल्याएको होम एण्ड अफिस सेफ्टीका प्रोजेक्ट म्यानेजर रवि विष्टले स्पष्ट पारे । उक्त डिस्पेन्सरमा विभिन्न सब्सीडिज रहेको पनि कम्पनीले जनाएको छ । 

लोमसले आफ्नै उत्पादनमा ह्याण्ड स्यानिटाईजर बजारमा ल्याईसकेको छ । उसले ह्याण्ड एक्स नामक स्यानिटाईजर बजारमा ल्याएको छ । ह्याण्ड एक्स नामक स्यानिटाईजर अहिले २५० एम.एल. र ५०० एम.एल. बजारमा उपलब्ध छन् ।