काठमाण्डौ । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्जले विभिन्न ८ कम्पनीको ८९ लाख २७ हजार २४ कित्ता बोनस शेयर कारोबारका लागि सूचिकृत गरेको छ । 

यसको अर्थ ती कम्पनीका शेयरधनीहरुले आफ्नो नामको बोनस शेयर बिक्री गर्न सक्नेछन् । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार सिभिल बैंक लिमीटेडको १९ लाख ४९ हजार २ सय ९८ कित्ता बोनस शेयर सूचिकृत भएको छ । एनएमबी बैंक लिमीटेडको ३३ लाख २३ हजार ६ सय ४७ बोनश शेयर सूचिकृत भएको छ भने महालक्ष्मी फाइनान्स लिमीटेको पनि ६ लाख ३० हजार कित्ता शेयर सूचिकरण भएको छ । 

पोखरा फाइनान्स लिमीटेडको १६ लाख ३ हजार ९ सय ९२ कित्ता, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमीटेडको २ लाख २८ हजार ८ सय कित्ता, सेवा विकास बैंक लिमीटेडको ६ लाख ४९ हजार १ सय ५२ कित्ता बोनस शेयर समेतत कारोबारका लागि सूचिकृत भएको छ । 

यसैगरी, मिथिला लघुवित्त विकास बैंक लिमीटेडको ५६ हजार ५ सय ८० कित्ता शेयर सूचिकरण हुँदा मितेरी डेभलपमेन्ट बैंकको ४ लाख ८५ हजार ५ सय ५५ कित्ता बोनश शेयर समेत कारोबारका लागि खुल्ला गरिएको छ ।