काठमाण्डौ । सन् २०१४ जनवरी देखि अहिलेसम्मको अवधिमा भारत र नेपालमा चर्चित १२ कार मोडेल दुर्घटना परीक्षणमा फेल भएका छन् । यो परीक्षणमा भारत र नेपालका लगभग सबै लोकप्रिय कम्पनीका कार मोडेल फेल भएका हुन् । यी कारहरु ग्लोबल न्यू कार एसेस्टमेन्ट प्रोग्राममा खरो उत्रिन सकेनन् । विश्वकै ५ उत्कृष्ट कार उद्योगमा सामेल भारतीय कार इण्डष्ट्रिज इन्टरनेशनल सुरक्षा मानकमा पनि खरो उत्रिन नसकेको दैनिक भास्करले जनाएको छ । 

१७ मे को रिपोर्ट अनुसार यी ५ कार दुर्घटना परीक्षणमा फेल भए :
१.मारुती सुजुकीको सेलेरियो(बेस मोडल)
२. मारुतीको इको वेन
३.महिन्द्रा एण्ड महिन्द्राका स्कर्पियो गेटवे
४.राइनोको क्वीड
५. हुण्डाईको इआन

यसअघि यी कारहरु पनि परीक्षणमा फेल भइसकेका छन् :
१.मारुती सुजुकीको अल्टो ८००
२.हुण्डाईको आई १०
३. फोर्ड फिगो
४.फक्सवेगनको पोलो
५.टाटाको नानो
६. निशानको डेट्सन गो
७.मारुती सुजुकीको स्वीफ्ट

कार कम्पनीहरुको यी अलग अलग मोडेल सन् २०१४ जनवरीको दुर्घटना परीक्षणमा फेल भइसकेका हुन् । 

दुर्घटना परीक्षणमा के हुन्छ ?
–नयाँ कार एसेस्टमेन्ट प्रोग्रामको टेस्टिङ प्रोटोकलका अनुसार सबै कारमा एयरब्याग अनिवार्य हुनुपर्छ । 
–प्रोटोकलका अनुसार सबै कारमा एन्टी लक बे्रकिंग सिस्टम सर्टिफिकेट अनिवार्य हुनुपर्छ ।
–एजेन्सी मानकका अनुसार जीरो स्टारदेखि ५ स्टारसम्म रेटिंग दिइन्छ । 
–पाँच स्टारको मतलब कारको दुर्घटना परीक्षणमा सुरक्षाको हिसाबले सबैभन्दा सुरक्षित मान्छि । 
–जुन कार दुर्घटना परीक्षणमा फेल हुन्छन, तिनीहरुलाई जीरो स्टारको मानक दिइन्छ । 
–यी बाहेक कारको युवा र बच्चाका आधारमा अलग अलग जाँच गरिन्छ । 

के भन्छन् कार कम्पनी ?
भारतका अटोमोवाइल कम्पनीका अनुसार एनएसपीको मापदण्ड भारत र नेपालमा चलाइने कारहरुमा लागू हुँदैन । कम्पनीहरुले भारत र नेपालको आवश्यकताका आधारमा कारहरु बनाउने गर्छन । त्यति मात्र होइन, नेपाल र भारतका केही ग्राहक यस्ता हुन्छन, जसले कारमा एयरब्याग छैन भन्ने थाहा हुँदा हुँदै पनि त्यही कार खरीद गर्छन । यस बिषयमा राइनो इण्डियाले भनेको छ कि कारको सुरक्षाको सवालमा उनीहरु गम्भीर छन् र अन्तराष्टिय मापदण्ड बिस्तारै लागू गर्ने र सोही अनुसारको कार उत्पादन गर्नेतर्फ उनीहरु सचेत र प्रयासरत छन् । 

कम्पनीलाई कस्ने तयारी
भारतको सडक परिवहन तथा राजमार्ग मन्त्रालयले त्यहाँका कार कम्पनीहरुलाई कस्ने तयारी गरेको छ । भलै अन्तराष्टिय मापदण्डको बिषयमा नेपाल सरकार मौन छ । यसको अर्थ भारतमा अस्वीकृत भई दुर्घटना परीक्षणमा फेल भएका कारहरु नेपालतर्फ पठाइन सक्ने संभावना छ । भारत सरकारको सम्बद्ध मन्त्रालयले सन् २०१७ अक्टोबरसम्म उत्पादन हुने नयाँ कारका लागि फ्रन्ट टेस्ट तथा साइड क्र्यास टेस्टको स्ट्याण्डर्ड पालना गर्नुपर्नेछ । यो मापदण्ड कडाईका साथ लागू भएपछि भारतमा बन्ने सबै कारमा एयरब्याग अनिवार्य लगाउनुपर्ने हुन्छ । कम्पनीहरुले बताए अनुसार नयाँ मापदण्ड लागू गरेर कार बनाउँदा अहिलेको खर्चमा प्रति कारमा करिब २ लाख नेपाली रुपैयाँ खर्च बढ्नेछ ।