काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटलका मुुटुरोग विभागीय प्रमुख तथा निर्देशक वरिष्ठ इन्टरभेन्सनल मुटुरोग विशेषज्ञ प्राडा यादवकुमार देव भट्ट नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानद्वारा स्थापित ‘विज्ञान पुरस्कार–२०७६’ बाट पुरस्कृत (सम्मानित) भएका छन् ।

मुटुरोगको उपचारमा नेपालमा उच्च प्रविधिको इन्टरभेन्सनल (विनाचिरफार गरिने मुटुरोग उपचार) प्रविधिको सुरुआत विकास र प्रवद्र्धनमार्फत नेपालीको मुटुरोग उपचारमा उल्लेख्य योगदान पुर्याएबापत प्राडा भट्टलाई उक्त पुरस्कारद्वारा सम्मानित गरिएको प्रज्ञाप्रतिष्ठानले जनाएको छ । भट्ट नेपालकै बरिष्ठ मुटुरोग विशेषज्ञ हुन् । उनले चिकित्साशास्त्रमा स्नातोकोत्तर गरेलगत्तै भारतको चण्डीगडस्थित ख्यातिप्राप्त ‘पोस्ट ग्राजुयट इन्स्टिच्युट उफ मेडिकल एजुकेशन एण्ड रिसर्च’ बाट इन्टरनल मेडिसिनमा एमडी हासिल गरे ।

सन् २००० मा सोही इन्स्टिच्यटबाट मुटुरोग उपचारमा विशेषज्ञतासहितको उपाधि डिएम हासिल गरे । लगत्तै भारतको प्रसिद्ध– एस्कर्टस् हार्ट इन्सिटच्युटमा इन्टरभेन्सनल मुटुरोग उपचारमा २ बर्षे गहन तालिमपश्चात उनले सन् २००३ मा भारतकै नेशनल बोर्ड अफ एक्जामिनेशन नयाँ दिल्लीबाट इन्टरभेन्सनल कार्डियोलोजीमा डिएनबी । (डिप्लोम्याट अफ नेशनल बोर्ड) को उपाधि हात पारेका थिए ।

सन् २००३ मा नेपाल फर्किएर सहिद गंगालाल नेशनल हार्ट सेन्टरमा आबद्ध हँुदै प्राडा भट्टले त्यस संस्थामार्फत नेपालमा मुटुरोगको उपचारमा सरकारी÷सार्वजनिक क्षेत्रमार्फत मुटुरोगको उपचारमा इन्टरभेन्सनल प्रविधिको सुरुआत गरेका थिए । हाल नेपालमा विद्यमान इन्टरभेन्सनल प्रविधिहरुमध्ये सबैजसोमा अग्रणी रहेका प्राडा भट्टले हालसम्म ५ हजारभन्दा बढी कोरोनरी एन्जियाग्राफी, ३ हजारभन्दा बढी कोरोनरी एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपण, १ हजारभन्दा बढी माइट्रल, एओर्टिक एवं पल्मोनरी भल्भोटोमी, पेसमेकर जडान, एएसडी, पीडीए डिभाइस क्लोजरलगायत अन्य थुप्रै इन्टरभेन्सनल प्रक्रिया अत्यन्तै सफलताका साथ सम्पन्न गरिसकेका छन् ।

हृदयरोग उपचारमा उनको शैक्षिक पृष्ठभूमि, कार्य र प्राविधिक दक्षताकै कारण उनलाई चिकित्साशास्त्र राष्ट्रिय प्रतिष्ठान NAMS वीर हस्पिटलका प्राध्यापक, मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका भिजिटिङ प्राध्यापक आदिको जिम्मेवारी प्राप्त छ । सन् २००९ यता उनी राष्ट्रपतिका चिकित्सकसमेत रहेका छन् ।

राष्ट्रले उनको योगदानको कदर गर्दै सन् २०१६ मा उनलाई सुप्रवल जनसेवाश्रीद्वारा विभूषित गरिएको थियो भने हालै नेपाल विज्ञान तथाप्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा उनलाई विज्ञान पुरस्कारबाट सम्मानित गरिएको थियो ।

सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा १२ बर्षको अनवरत सेवापश्चात प्राडा भट्टले त्यहाँको हृदयरोग विभागको प्रमुख पदबाट राजिनामादिएँ । विगत ४ वर्षदेखि उनी नर्भिक इन्टरनेशनल हस्पिटलको मुटुरोग विभागका पूर्णकालीन निर्देशकका रुपमा कार्यरत रहँदै नियमित रुपमा बहिरंग÷अन्तरंग सेवाका साथ मुटुरोग उपचारका सबै खाले इन्टरभेन्सनल प्रविधिहरुको उच्चतम प्रयोग गरिरहेका छन् ।