काठमाण्डौ । मनसुनको सिजन सुरु भइसकेको छ । मुख्य रुपमा यो सिजनमा स्कूल, कलेज, अफिस जानुपर्ने मानिसहरुले वर्षाबाट जोगिनका लागि रबरको जुत्ता, छाता, ब्याग तथा रेनकोटको बढी आवश्यकता महसुुस गर्छन् । साथै, यो मौसममा खानपिनको विशेष आइटमले समेत मानिसलाई लोभ्याउँछ । यदि तपाई पनि यो बेलामा विजिनेश थाल्न चाहनुुहुन्छ भने यिनै चिजको विजिनेश ४० देखि ५० हजार रुपैयाँको लगानीमै सुरुवात गर्न सक्नुुहुन्छ । यो सिजनमा सानो लगानीमै यी चिजहरुको व्यापार गरेर राम्रो नाफा कमाउन सकिन्छ । 

रेनकोट तथा छाताको व्यापार
लगानी : ४० हजार रुपैयाँसम्म
नाफाको  मार्जिन : प्रति पिस २५ प्रतिशतसम्म

मुख्य रुपमा वर्षायाममा छाता र रेनकोटको उच्च माग हुन्छ र व्यापार पनि त्यस्तै । स्कूल जाने बालबच्चादेखि लिएर समयमा कार्यालय पुुग्ने मानिसहरु समेत रेनकोट तथा छाता खरीद गर्छन् । यही कारण समेत मनसुन सिजनमा छाता र रेनकोटमा उच्च व्यापार हुन्छ । 

त्यसो त यी चिजहरुको व्यापार घरैबाट समेत सुरु गर्न सकिन्छ । छाता तथा रेनकोटलाई आवश्यक कच्चा पदार्थ खरीद गरेर आफैंले समेत तयार गर्न समेत सकिन्छ । यसका लागि आवश्यक कच्चा पदार्थ नेपाल र भारतका थोक बिक्री केन्द्रहरुबाट प्राप्त गर्न सकिन्छ । यस बाहेक छाता र रेनकोट बनाउने कम्पनीसँग होलसेलमा यी चिज खरीद गरी खुद्रा व्यापार गरेर समेत पैसा कमाउन सकिन्छ । 

रेन एक्ससरिजको व्यापार
लगानी : ४० हजार रुपैयाँसम्म
नाफाको मार्जिन : २५ प्रतिशतसम्म

मनसुनको सिजनमा सेन्थेटिक कोट, ज्याकेट, वाटरप्रूफ स्कूल ब्याग, स्टाइलिस रेन बुटको सबैभन्दा ठूलो माग हुन्छ । यस अलावा प्लाष्टिक तथा रबरको चप्पल तथा जुत्ताको समेत उत्तिकै माग हुन्छ । स्कूल जाने बालबच्चाका लागि वाटरप्रूफ ब्यागको पनि माग हुन्छ । 

यो कारोबार समेत तपाई आफ्नै घरबाट सुरु गर्न सक्नुुहुन्छ । यी सबै सामान थोक बजारबाट खरीद गरेर त्यसलाई खुद्रा बजारमा बिक्री गर्न सकिन्छ। हिजोआज यस्ता सामान फेसबुकको माध्यमबाट समेत बिक्री गर्न सकिन्छ । 

स्ट्रीट फूडको व्यापार
लगानी : ३५ हजार रुपैयाँसम्म
नाफा मार्जिन: ३० प्रतिशतसम्म

देशका मुख्य शहरी क्षेत्रमा सडक खाजा(स्ट्रीट फूड)को व्यापार हिजोआज निकै चम्किदै गएको छ । व्यवस्थित ठेलामा पाइने खाजा आइटमले धेरैलाई लोभ्याउने गरेको छ । मनसुन सिजनमा धेरै मानिस अफिस तथा कामबाट फर्किएपछि बाहिरको खाना खान मन पराउने गर्छन् । यदि तपाई पनि यो विजिनेश सुरु गर्न चाहनुुहुन्छ भने एक सहयोगीको मद्धतले घरबाट स्टीट फूड तयार गरेर बिक्री थाल्न सक्नुुहुन्छ । 

यो बेलामा स्न्याक्स, भूटेको मकै, उसिनेको मकै, ब्रेड पकौडा, समोसा, मम, चिया, कफी, चाट, चिकेन रोल, चाउमिन जस्ता चिजहरुको बढी डिमान्ड हुन्छ । यी चिजहरु घरमै तयार गरेर समेत बिक्री गर्न सकिन्छ । राम्रो ठेलामा यी चिजहरु राखेर मानिसको आवतजावत हुने ठाउँमा सफासुुग्घर गरेर बिक्री गर्न सकिन्छ । यस्ता खाना दिनका लागि तपाईले प्लाष्टिकको कप, प्लेट तथा टिस्यू पेपर प्रयोगमा ल्याउन सक्नुुहुन्छ ।