काठमाण्डौ । विश्वकप फुटलको रौनक छाउँदै गर्दा तपाई आफूलाई मन पर्ने देशको जर्सी किन्ने सोचमा हुनुहुन्छ भने मोबाइल एप रिचार्जरले १ रुपैंयामै त्यस्तो जर्सी उपलब्ध गराउने भएको छ । 

आफ्नो ब्राण्ड प्रवद्र्धनका साथै नेपाली फुटबलप्रेमीलाई ९९९ रुपैंयाको जर्सी १ रुपैंयामै उपलब्ध गराउने अफर रिचार्जरले ल्याएको हो । 

विश्वकप फुटबल सुरु हुन २ साता मात्र बाँकी हुँदा रिचार्जरले ठूलो संख्याका नेपाली फुटबल पारखीलाई लक्षित गर्दै यस्तो अफर ल्याएको हो । यो अफर आगामी आइतबार अर्थात जुन ३ तारिखका दिन दिउँसो १२ बजेबाट सुरु हुनेछ । यो अफर रिचार्जरको वेबसाइटमा नभई मोबाइल एपमा मात्र लागू हुनेछ ।

गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउण्ट खोले पछि प्रयोगकर्ताले १०० रुपैंया क्यास ब्याक पाउने छन् । त्यसपछि जतिको मोबाइल रिचार्ज गर्नु हुन्छ, त्यत्ति नै क्यास ब्याक पाउने कम्पनीले दाबी गरेको छ । यसरी प्राप्त हुने क्यास ब्याकलाई रिचार्जरमार्फत सामान खरीद गर्न प्रयोग गर्न सकिने बताइएको छ । 

‘तपाईले ५०० क्यास व्याक सदुपयोग गरी १ रुपैंया मात्र भुक्तान गर्दा ९९९ रुपैंयाको जर्सी पाउनु हुनेछ ।’ग्लोबल कीटेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले भने । उनकाअनुसार यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ । ग्लाइडरका अनुसार प्रत्येक एक महिनामा यस्ता अफरहरु नियमित रुपमा सञ्चालन गरिनेछ ।