काठमाण्डौ । वाट्स एपले बेला बेलामा आफ्ना फिचर्सहरु परिवर्तन गरिरहने गर्दछ । यसपटक पनि कम्पनीले आफ्नो फिर्चसमा केही परिवर्तन गरेको छ, जसले यसका प्रयोगकर्ताहरुलाई हर्षित तुुल्याएको छ । 

कम्पनीको नयाँ फिचर्स अनुुरुप अब वाट्सएपमा एकैपटक ५० जना मानिसहरु जोडिन सक्नेछन् । फेसबुुकले आफ्नो तर्फबाट नयाँ म्यासेन्जर रुम सर्भिस प्रयोगकर्ताका लागि जारी गरेको छ । यसबाट प्रयोगकर्ताहरु अझै सजिलोसँग भिडियो कल गर्न सक्नेछन् । 

वाबेटाइन्फोको रिपोर्ट अनुुसार अमेरिकी बिटा प्रयोगकर्ताको लागि यो नयाँ फिर्चस जारी गरिएको हो । नयाँ फिचर्स वाट्सएप बिटा भर्जन २.२०.१३९ मा प्रदान गरिएको छ । 

फेसबुुकले मेसेन्जर रुम फिचर्स घोषणा गरेसंगै कम्पनीले यो नयाँ फिचर्स जारी गरेको हो । अहिले कम्पनीले यो नयाँ फिचर्सलाई परीक्षणका लागि अमेरिकाका केही प्रयोगकर्तालाई मात्रै उपलब्ध गराएको छ । परीक्षणमा सफल भएपछि मात्रै यसलाई सबै प्रयोकर्तामाझ उपलब्ध गराइने कम्पनीले जनाएको छ । 

यसका साथै चाँडै नै मेसेन्जर रुमलाई इन्स्ट्राग्राममा पनि उपलब्ध गराइनेछ । तथापि कम्पनीले यसबारे केही पनि खुुलाएको छैन । 

यदि तपाइसँग फेसबुुक अकाउन्ट छैन भनेपनि तपाइले यसलाई प्रयोग गर्न सक्नुुहुुनेछ । वाटस्एपमा मेसेन्जर रुम सर्टकट अट्याच फाइल सेलेक्सनमा उपलब्ध गराइएको छ । बिटा प्रयोगकर्तालाई नयाँ आइकन च्याट विन्डोमा अट्याच अप्सनमा क्लिक गर्दा डक्युुमेन्ट्स र ग्यालरीको बिचमा देखाइएको छ । यसभन्दा पहिले यहाँ क्यामेरा आइकन देखिने गर्दथ्यो, जसलाई अहिले रिप्लेस गरिएको छ । यसलाई सट्कट गुुप्र च्याट र पहिलेदेखि नै रहेको कल ट्याबमा पनि देखाइएको छ । 

प्रयोगकर्ताले भ्वाइस् भिडियो कल अप्सनको साथमा नयाँ मेसेन्जर रुम आइकन देख्न सक्नेछन् । यसका साथै जब प्रयोगकर्ताले गुुप्र कल गर्नका लागि कल आइकनमा ट्याप गर्नेछन् तब उनीहरुलाई क्रियट वा रुम अप्सन उपलब्ध गराइनेछ । तथापि यो वाट्सएपबाट प्राप्त हुुने गुुप्र कलभन्दा अप्सनभन्दा विल्कुुलै फरक रहेको छ । विश्वभर गुुप्र भिडियो कलको माग बढेको बेला यस्तो सुुविधा आएको हो । 

यतिबेला लकडाउनका कारण विश्वभरका मानिसहरु घरमै बसिरहेकाले एक अर्कासंग जोडिन र कुुराकानी गर्न उनीहरु भिडियो कलको सहारा लिन थालेका छन् ।