काठमाण्डौ । वाणिज्य बैंक र बिमा कम्पनीको शेयरमा लगानीकर्ताको घूइँचो लागेपछि सोमबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक ९.५६ अंकले बढेर १४७४.४७ अंकको नयाँ उचाईमा पुगेको छ । 

बिमा समूहको सूचक १००.८८ अंकले उकालो लाग्यो भने वाणिज्य बैंकको सूचक समेत दोहोरो अंकले बढी बजारलाई माथि उचाल्यो । वाणिज्य बैंकको सूचक १३.४९ अंकले बढेको हो । जलविद्युत समूहको सूचक पनि ३.५ अंकले बढे पनि अन्य समूहको सूचक भने तल ओर्लियो । होटल समूहका लगानीकर्ताले सोमबार धेरै गुमाए । यो समूहको लगानीकर्ताले २४.९४ अंकको क्षति व्यहोर्नुपर्यो । यस्तै, विकास बैंक समूहको सूचक ४.८१ र बित्त समूहको सूचक ५.०६ अंकले ओलिए । 

सोमबार स्ट्याण्डर्ड चार्टर्ड बैंक र एभरेष्ट बैंकले सबैभन्दा धेरै कारोबार गरे । स्ट्याण्डर्डको करिब ६ करोड मूल्यको शेयर किनबेच भयो भने एभरेष्ट बैंकको ५ करोड ९७ लाख रुपैयाँ बराबरको शेयर खरीदबिक्री भयो ।

सोमबार १ सय २५ कम्पनीका ८ लाख ५१ हजार ७ सय ८६ कित्ता शेयर ७६ करोड २५ लाख २० हजार रुपैयाँमा किनबेच भएको छ । सेन्सेटिभ र फ्लट इण्डेक्स क्रमशः २.१७ र ०.५ अंकले उकालो लागे ।