काठमाण्डौ । दुुई वाणिज्य बैंक, केही बिमा कम्पनी लगायतमा सयौंका लागि जागिरको अवसर एकसाथ खुलेको छ ।

मेगा बैंक, सिटिजन्स बैंक, नेको इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स लगायतमा सयौंका लागि जागिर खुलेको हो । 

मेगा बैंक लिमीटेडले तीन लेभलमा काम गर्ने गरी १ सय ६७ कर्मचारी मागेको छ । म्यानेजर लेभलमा मात्रै १९ जना कार्मचारी मागिएको छ । यस्तै, कर्पोरेट अफिसका विभिन्न विभागमा काम गर्ने गरी ५२ अफिसर लेभलका कर्मचारी मागिएको छ । कर्पोरेट अफिस तथा सप्तरी, सिरहा, सर्लाही, अछाम, बाँके, बर्दिया, धादिंग, डोटी, पाँचथर, ताप्लेजुंग र सिन्धुुपाल्चोकमा खुल्न लागेका नयाँ शाखा लगायतमा काम गर्ने गरी ९६ जना असिस्टेन्ट लेभलको कर्मचारी मागिएको छ । 

मेगाले निकालेको कर्मचारी आवश्यकता सम्बन्धी सूचना हेर्नुहोस् :

उता, सिटिजन्स बैंक इन्टरनेशनलले पनि केही कर्मचारी माग गर्दै बुधबार आवश्यकता सम्बन्धी सूचना प्रकाशित गरेको छ । यो बैंकले असिस्टेन्ट म्यानेजर लेभलमा १ जना, जुनियर अफिसर लेभलको १ जना, चरीकोट, जाजरकोट, महोत्तरीको गौशाला तथा औराही शाखाका लागि कुल ४ ब्राञ्च म्यानेजर, इन्फर्मेसन टेक्नोलोजी डिपार्टमेन्टका लागि ५ जना कर्मचारी मागेको छ । बैंकले प्रकाशित गरेको सूचना यस्तो छ:

उता, नेको इन्स्योरेन्स लिमीटेडले समेत सात पदमा दर्जनौ कर्मचारी मागेको छ । यो बिमा कम्पनीले डेपुटी जनरल म्यानेजर तथा असिस्टेन्ट जनरल म्यानेजर, डेपुटी म्यानेजर, रिजनल म्यानेजर लगायतको पदमा दरखास्त आह्वान गरेको हो । यस्तै, एकजना कानून अधिकृत, एकजना एकजीक्यूटिभ सेक्रेटरी, सिनियर अफिसर, अफिसर तथा जुनियर अफिसर गरी कुल १० जना, सुपरभाइजर, सिनियर असिस्टेन्ट तथा असिस्टेन्ट गरी २० जना कर्मचारी मागिएको छ । सुपरभाइजर, सिनियर असिस्टेन्ट र असिस्टेन्ट पदमा फ्रेस जनशक्तिले आवेदन दिन सक्नेछन् । यो बिमा कम्पनीले निकालेको सूचना यस्तो छः

उता, संचालनको तयारीमा रहेको आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ब्राञ्च म्यानेजर तथा मार्केटिङ अफिसर र ट्रेनी असिस्टेन्ट पदमा समेत दर्जनौ कर्मचारी मागेको छ । यो विभिन्न ४२ शाखाका लागि म्यानेजर र मार्केटिङ अफिसर मागिएको हो । यो कम्पनीले निकालेको सूचना यस्तो छ:

उता, झापाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंक लिमीटेडले समेत २ पदमा कर्मचारी मागेको छ । नायव महाप्रबन्धक तथा सहायक महाप्रबन्धक पद तथा कनिष्ठ अधिकृत(सूचना प्रविधि) पदमा कर्मचारी मागिएको हो । यो बैंकले प्रकाशन गरेको कर्मचारी आवश्यकता सम्बन्धी सूचना यस्तो छ: