काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाहरुले ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राखी शाखा तथा सेवा बिस्तारमा ध्यान दिंदा व्यवस्थापन पढेका बेरोजगार युवा जनशक्तिले  समेत जागिरको उस्तै अवसर पाउन थालेका छन् । यही क्रममा सिद्धार्थ बैंक र पोखरा फाइनान्सले समेत जागिरको लागि अवसर खुलाएका छन् । 

सिद्धार्थ बैंक लिमीटेडले निकट भविष्यमा बिस्तार हुन लागेका १५ वटा शाखा कार्यालयका लागि ६ वटा पदमा दर्जनौ कर्मचारी मागेको छ । यो बैंकले कनिष्ठ प्रशिक्षार्थी सहायक, कनिष्ठ सहायक(१), कनिष्ठ सहायक(२),सहायक, वरिष्ठ सहायक र सुपरभाइजरजस्ता पदमा दर्जनौ कर्मचारीका लागि अवसर खुलाएको हो । सबै पदमा फ्रेस जनशक्ति मागिएको छ । 

इच्छुुकहरुले आगामी मंसिर १५ गतेभित्र तोकिएका स्थानमा आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ । 

सुपरभाइजर बाहेका अन्य सबै पदका लागि दश जोड दुुई उत्तीर्ण गरेकाहरुले आवेदन दिनसक्ने बताइएको छ । सुपरभाइजर पदका लागि चाहि स्नातक उत्तीर्ण हुनुपर्ने बताइएको छ । बैंकले प्रकाशन गरेको कर्मचारी आवश्यकता सम्बन्धी सूचना यस्तो छ:

उता, पोखरा मुख्य कार्यालय रहेको पोखरा फाइनान्स लिमीटेडले ४ वटा पदमा कर्मचारी मागेको छ । यो फाइनान्स कम्पनीले भैरहवाको सिद्धार्थनगर शाखाका लागि ब्राञ्च म्यानेजर, क्रेडिट र मार्केटिङ शाखाका लागि असिस्टेन्ट वा सिनियर असिस्टेन्ट, पोखरा र भैरहवाका लागि जुनियर असिस्टेन्ट र काठमाण्डौ सुन्धाराका लागि एकजना म्यासेञ्जर पदमा जागिरको अवसर खुलाएको हो । जुनियर असिस्टेन्टमा फ्रेस जनशक्तिले आवेदन दिनसक्नेछ भने ब्राञ्च म्यानेजर र सिनियर असिस्टेन्ट पदका लागि भने अनुुभव समेत तोकिएको छ । यो कम्पनीले प्रकाशन गरेको कर्मचारी आवश्यकता सम्बन्धी सूचना यस्तो छः