काठमाण्डौ । वाणिज्य बैंकहरुले भारतीय मुद्रामा समेत ऋण ल्याएर लगानी गर्न पाउने भएका छन् । नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत गरिएको व्यवस्थाको बिषयमा साउन २३ गते वाणिज्य बैंकहरुको नाममा सूचना प्रकाशित गर्दै भारुमा समेत ऋण ल्याउन पाउने व्यवस्था खुल्ला गरिएको प्रष्ट पारेको हो । 

वाणिज्य बैंकहरुले डलरसँगको विनिमय दरको जोखिमलाई आधार मानी भारतीय मुद्रामा समेत ऋण ल्याउन पाउनुपर्ने व्यवस्थाको माग गरेका थिए । सोही मागलाई मौद्रिक नीतिले सम्बोधन गरेको थियो ।

सोही व्यवस्था अनुसार अब वाणिज्य बैंकहरुले भारतीय मुद्रामा ऋण लिनसक्ने छन्, तर त्यसका लागि केन्द्रीय बैंकले ९ वटा शर्त अगाडि सारेको छ । 

जलविद्युत उत्पादन तथा प्रसारण लाइन, सडक, सुरुङमार्ग, विमानस्थल, केवलकार, पुलजस्ता भौतिक पूर्वाधार(हाउजिङ, जग्गा विकास जस्ता रियलस्टेट क्षेत्रबाहेक), विदेशी मुद्रा आर्जन गर्ने पर्यटन, कृषि क्षेत्र र लघुवित्त क्षेत्रमा कर्जा प्रवाह गर्ने प्रयोजनका लागि वित्तीय साधनको प्रबन्ध गर्न भारतस्थित बैंक तथा बित्तीय संस्थाबाट पनि भारतीय मुद्रामा ऋण लिनसक्ने व्यवस्था गरिएको नेपाल राष्ट बैंकको विदेशी विनिमय विभागले प्रष्ट्याएको छ । 

यसरी भारतीय मुद्रामा ऋण लिँदा अन्य परिवत्र्य विदेशी  मुद्रामा ऋण लिएको भए सो समेत गरी कुल आफ्नो प्राथमिक पूँजीको २५ प्रतिशत रकमसम्म मात्र ऋण लिन सक्ने व्यवस्था भएको हो । 

केन्द्रीय बैंकले ऋणको ब्याज दर भारत सरकारले जारी गरेको ३६४ दिन ट्रेजरी बिल्सको औषत डिस्काउन्ट दरमा १ प्रतिशत प्रिमियम थप गरेर ल्याउन पाइने शर्त तोकेको छ । यो हिसाबले बढीमा साढे ८ प्रतिशत ब्याज दिने गरी वाणिज्य बैंकहरुले ऋण ल्याउन पाउनेछन् । त्यसरी ल्याइएको ऋणमा आफ्नो खर्च समेत जोडेर साढे १० प्रतिशतसम्म लगानी गर्न पाइनेछ ।

भारतबाट ऋण लिनका लागि केन्द्रीय बैंकले तोकेका अन्य शर्त यस्ता छन्: