काठमाण्डौ । कुवेतको निजी स्वामित्वमा रहेको वातनिया एयरवेज्ले डिसेम्बर १३ देखि त्रिभुुवन अन्तरराष्ट्रिय विमान स्थलमा आफ्नो सेवा सञ्चालनमा ल्याएको छ । 

सेवा सञ्चालन सँगै यो एयरवेज् कुवेतदेखि नेपालसम्म सिधा उडान सञ्चालन गर्ने पहिलो कम्पनी बनेको छ । यो सेवाको पहिलो उद्देश्य कुवेती जनतालाई नेपालमा पर्यटनका लागि प्रोत्साहन गर्नु र दोस्रो उद्देश्य नेपालबाट कुवेतमा कामका लागि जाने जनतालाई समस्यारहित सुलभ सेवा न्यून मूल्यमा उपलब्ध गराउनुु रहेको एक विज्ञप्ति जारी गर्दै बताइएको छ। एयरलाइनले आफ्नो सेवाको सुरुवाती कुवेतसम्मको दैनिक उडानका लागि मूल्य २३ हजार रुपैयाँ निर्धारण गरेको छ । 

तीन ए–३२० विमान सहितको वतानिया एयरवेज्ले काठमाडौंबाट दोहा, बहराइन, बाकु र अन्यविभिन्न स्थानका लागि सहज सञ्जाल समेत बिस्तार गरिएको छ ।

‘नयाँ उडान सेवाको आगमनले नेपालको पर्यटन क्षेत्र तथा नेपालीलाई उल्लेख्य सहयोग प्राप्तहुनेछ।’, वतानिया एयरवेज, काठमाडौंका लागि स्टेशन म्यानेजर रुपेश झाले भने,‘यसले नेपालीलाई कुवेतमा कामको थप अवसर समेत प्राप्त हुने हामीलाई विश्वास छ।’