काठमाण्डौ । सेयर बजारका धनाढ्य बादशाह वारेन वफेटका लागि यतिबेला समय अनुुकुुल हुुन सकिरहेको छैन । उनी अहिले आफ्नो खराब अवस्थाबाट गुुज्रिरहेका छन् । 

अमेरिकी बजार, जहाँ वफेटले आफ्नो अधिकांश लगानी गरेका छन्, त्यहाँ उनको ४० प्रतिशत हिस्सा रहेको छ । यसको बाबजुुत सन् २०२० मा सबैभन्दा धेरै गुुमाउने धनाढ्यमा वफेटको नाम अगाडि रहेको छ । 

ब्लुुमवर्ग बिलिनियर्स इन्डेक्सका अनुसार वर्कसायर हाथ्वेका अध्यक्ष समेत रहेका वफेटको यो वर्ष करीब १९ बिलियन डलर बराबरको सम्पत्ति घटेको छ । 

सम्पत्ति घटे पनि उनी अझै विश्वका धनाढ्यको सूचिमा छैठौ स्थानमा कायमै छन् । आफ्नो सटिक निर्णय र रणनीतिका कारण परिचित वफेटले आखिर किन यति ठूलो घाटा व्यहोर्नुुपर्यो त ? यसबारे अहिले अर्थजगतमा सर्वत्र चर्चा भइरहेको छ । 

अहिले उनको सम्पत्तिमा आएको तीव्र गिरावट र उनले हालै लिएका निर्णयलाई उनका अनुुयायी र बजार विश्लेषकहरुले शंकाको नजरले हेरेका छन् । उनीहरुले वफेटले अपनाएका रणनीतिहरुमाथि प्रश्न तेस्र्याएका छन् । 

“वारेन वफेट अब पहिले जस्तो आइकोन रहेनन् । वास्तवमा भन्नुुपर्दा उनी सबैभन्दा धेरै बियरिस थिए र अझै पनि छन् । यतिबेला उनले इतिहासमा आफ्नो मौका गुुमाएका छन् ।”  आइआइएफएल सेक्युुरिटिजका उपाध्यक्ष सन्जिव वासिनलाई उद्धृत गर्दै इकोनोमिक टाइम्सले लेखेको छ। 

कयौं दशकदेखि मानिसहरुलाई सेयरमा लगानी गर्न र सदाका लागि त्यसलाई होल्ड गर्न प्रोत्साहित गरेर लगानीको मूल्य बढाउनमा वफेटको योगदान रहदै आइरहेको छ । तर, यो वर्षको पहिलो त्रैमासमा बजार फ्रि फलमा हुँदा उनी स्वयम् भने अधिकांश ठूला लगानीबाट हात झिक्न बाध्य बने । 

कोरोनाभाइरसका कारण हवाई उद्योगमा परेको प्रभावका कारण उनले अमेरिकाका शीर्ष चारवटा हवाई कम्पनीहरुमा रहेका आफ्ना सेयरहरु बेचेका थिए । अमेरिकाको चार ठूला हवाई कम्पनी अमेरीकन, डेल्टा, साउथवेष्ट र युुनाइटेड एयरलाइन्समा सबैभन्दा धेरै लगानी गर्नेमध्य वफेटको वर्कसायर कम्पनी पनि एक हो । वर्कसायरले यो वर्षको पहिलो तीन महिनामा ५० बिलियन डलर घाटा व्यहोरेको थियो । 

विगतमा कारभि र कोडाक गुुप्रमा काम गरिसकेका एक स्वतन्त्र बजार विश्लेषक अम्बरीस बालिगाले सधैंभरिका लागि सेयर होल्ड गरेर राख्ने लगानीको रणनीति अब आउटडेटेड भइसकेको बताए । “पहिले केही दशकहरुमा परिवर्तन देखिने गर्दथ्यो । तर अहिले यो परिवर्तनको गतिमा तीव्रता आएको छ । अहिले राम्रा देखिएका व्यापारका क्षेत्रहरु एक दशकको अवधिभन्दा पनि कम समयमा आउटडेटेड भइसक्छ । त्यसैले सेयरलाई सधैभरिका लागि होल्ड गरेर राख्न सकिदैन र यसमा निरन्तरको सुुपरिवेक्षण आवश्यक पर्ने गर्दछ ।” बालिगाले बताए । 

वफेटले लगानी गरेका कम्पनीहरुबाट भएको घाटा र उनले चालेका कदमहरुलाई यतिबेला विश्लेषकहरुले पुुरातनवादी सोंचको उपजका रुपमा व्याख्या गर्न थालेका छन् । यसको मुुख्य कारणको रुपमा उनीहरुले वफेटको उमेरलाई लिएका छन् । वफेट अहिले ८९ वर्षका भए । उनका आलोचकहरुले उनको पाको उमेरका कारण उनले जोखिम उठाउन नचाहेको र सम्पत्ति बढाउनुु भन्दा सम्पत्ति रक्षा गर्नुु उनको प्राथमिकतामा पर्न थालेको आरोप समेत लगाएका छन् । 

वारेन वफेटको घट्दो चार्म र उनका रणनीतिहरु एकपछि अर्काे गर्दै असफल भइरहेकाले लगानीको दुुनियाँमा उनलाई पछ्याउने लगानीकर्ताहरु पनि चिन्तित हुन थालेका छन् । नेपाली सेयर बजारका धेरैजसो लगानीकर्ताहरु पनि वफेटलाई पछ्याउने गर्दछन् । संकटको यो परिस्थितिमा वफेटको ओरालो यात्राले नेपाली लगानीकर्ताहरुमा कस्तो मनोभाव सिर्जना गर्ने हो, यो रोचक विषयको बनेको छ ।