काठमाण्डौ । ज्योति विकास बैंक लिमीटेडले स्याङ्जाको वालिङ र पाल्पाको तानसेनमा नयाँ शाखा संचालनमा ल्याएको छ । 

तानसेन नगरपालिका वडा नं ४, तानसेन, पाल्पामा रहेको नयाँ शाखा प्रमुख अथिति तानसेन नगरपालिका मेयर अशोककुमार शाही तथा बैंकका संचालक नारायणप्रसाद पौड्यालले एक कार्यक्रमका बीच मंसिर २३ गतेका दिन संयुक्त रुपमा उद्घाटन गरेका बैंकले जनाएको छ । 

आइतबार नै वालिङ नगरपालिका वडा नं ८, वालिङ, स्याङ्जामा रहेको नयाँ शाखाको पनि औपचारिक रुपमा प्रमुख अथिति वालिङ नगरपालिकाका मेयर दिलीपप्रताप खाँण तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा उद्घाटन गरे ।

हाल बैंकले ८१ वटा शाखा कार्यालय तथा २२ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्ष भित्र थप ९ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।