काठमाण्डौ । केही विकास बैंक तथा माइक्रो फाइनान्सहरुले पुनः बग्रेल्ती जागिरको अवसर खुलाएका छन् । ग्रीन डेभलपमेन्ट बैंक, स्वाभिमान माइक्रोफाइनान्स र आरम्भ माइक्रोफाइनान्सले विभिन्न पदमा जागिरको अवसर खुलाएका हुन् । 

बाग्लुङ मुख्य कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंकले प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरेको छ । यो कम्पनीले सम्बद्ध बिषयमा स्नातकोत्तर गरेको, १० वर्षसम्म बैंक तथा बित्तीय संस्थाको व्यवस्थापकीय तहमा बसेर काम गरेको अनुुभवप्राप्त गरेको व्यक्तिले सीइओका लागि आवेदन दिनसक्ने जनाएको छ । बैंकले जारी गरेको सूचना यस्तो छ:

रुपन्देहीको मणिग्राममा मुख्य कार्यालय रहेको स्वाभिमान माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडले तीन पदका लागि केही कर्मचारी मागेको छ । यो कम्पनीले  केन्द्रीय कार्यालयको आन्तरिक लेखापरीक्षण तथा शाखा संचालन विभागमा काम गर्ने गरी २ जना अधिकृत मागेको छ । यस्तै, केही शाखा प्रमुख(वरिष्ठ सहायक) र केही कनिष्ठ सहायक(तालिमे) समेत माग गरेको छ । यसले प्रकाशित गरेको आवश्यकता सम्बन्धी सूचना यस्तो छ:

यता, काभ्रेको बनेपामा मुख्य कार्यालय रहेको आरम्भ माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडले समेत ४ पदमा दर्जनौ कर्मचारी मागेको छ । यो कम्पनीले व्यवस्थापकीय श्रेणीका काम गर्ने गरी एकजना वरिष्ठ प्रबन्धक, कर्जा तथा अनुुगमन विभागमा काम गर्ने गरी वरिष्ठ अधिकृत एकजना, शाखा प्रबन्धककको रुपमा काम गर्ने गरी केही वरिष्ठ सहायक तथा सहायक र केही प्रशिक्षार्थी सहायक माग गरेको छ । यो माइक्रोफाइनान्सले प्रकाशित गरेको कर्मचारी आवश्यकता सम्बन्धी सूचना यस्तो छ: