काठमाण्डौ । देवः विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि ८ प्रतिशतसम्म लाभांश वितरणको क्षमता बनाएको छ ।

समीक्षा अवधिमा बैंकले २७ करोड ३७ लाख रुपैयाँ बढी वितरणयोग्य मुनाफा आर्जन गरेको हो । समीक्षा अवधिमा बैंकको खुद नाफा ३८ करोड ९१ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको खुद नाफा ३७ करोड ८८ लाख रुपैयाँमा थियो । बैंकले खुद नाफा २.७१ प्रतिशतले मात्र बढाउन सफल भएको छ ।

अघिल्लो वर्ष ५५ करोड ९० रुपैयाँ रहेको सञ्चालन मुनाफा सामान्य घटेर यो वर्ष ५१ करोड ५७ रुपैयाँमा झरेको पुगेको छ । अघिल्लो वर्ष ६८ करोड ५५ लाख रुपैयाँमा सीमित खुद ब्याज आम्दानी भने समीक्षा अवधिमा बढेर ९२ करोड ८६ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष १७ करोड ६२ रुपैयाँ रहेको रिटेन अर्निङ यो वर्ष बढेर ३७ करोड ५० लाख रुपैयाँ पुगेको छ । बैंंकले अघिल्लो वर्षको तुलनामा ७.०३ प्रतिशतले वृद्धि गर्दै रिजर्बको आकार ४८ करोड ५९ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष रिजर्बको आकार ४५ करोड ४० लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा बैंकले २१ अर्ब ७८ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ७ करोड रुपैयाँ बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा १४ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरी १३ अर्ब २९ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

अघिल्लो वर्ष १४.९५ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी यो वर्ष सामान्य घटेर १२.२५ रुपैयाँमा झरेको छ ।
समीक्षा अवधिमा बैंकको खराब कर्जाको अनुपात २.३७ प्रतिशत रहेको छ भने कस्ट अफ फण्ड ८.४६ प्रतिशत र आधार दर १०.९४ प्रतिशत रहेको छ ।