काठमाण्डौ । देवः विकास बैंक लि.को कावासोती नगरपालिका, वडा नं २ स्थित कावासोतीमा संचालनमा आएको कावासोती शाखा कार्यालयको बुधबार आयोजित एक  समारोहबीच बैंक संचालक समितिका सदस्य  सुदन रत्न बज्राचार्यले विधिवत समुद्घाटन गरे । कार्यक्रममा आप्mनो मन्तव्य राख्दै संचालक सुदन रत्न बज्राचार्यले द्रुत आर्थिक गतिविधिमा अग्रसर नवलपुर क्षेत्रको आर्थिक विकासमा हातेमालो गरी स्थानीयसँगको सम्बन्धलाई अझ मजबुत बनाउन यस क्षेत्रमा थप शाखा संचालनमा ल्याएको जानकारी गराए । यस शाखा कार्यालयको स्थापनाबाट अझ सरल, सुलभ र सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्न बैंक अग्रसर रहेकोले सेवाग्राहीहरु थप लाभान्वित हुनेमा बैंक विश्वस्त रहेको जनाएको छ ।

कार्यक्रममा बैंकको गतिविधि माथि प्रकाश पार्दै बैंकका संचालक समितिका सदस्य बिजयराज शर्मा भुषालले बैंक साना तथा मझौला व्यवसायमा केन्द्रित रहने जानकारी गराए ।
कार्यक्रममा नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराम पोखरेलले देवः विकास बैंक लि., नवलपुर जिल्लामा बैंकले थप सेवा विस्तार गरी व्यवसायिक कारोवारको दायरा बढाएकोमा शुभकामना व्यक्त गर्दै उद्योगी व्यवसायीलाई कर्जा कारोवार गर्न उत्प्रेरित गर्न सुझाव दिए ।

यसै गरी, देवः विकास बैंक लि.को नीलकण्ठ नगरपालिका, वडा नं ३ स्थित धादिङ्गवेशीमा संचालनमा आएको धादिङ्गवेशी शाखा कार्यालयको आज बिहीबार आयोजित एक समारोहबीच बैंक संचालक समितिका सदस्य विजयराज शर्मा भुषालले विधिवत समुद्घाटन गरे । कार्यक्रममा आप्mनो मन्तव्य राख्दै संचालक विजयराज शर्मा भुषालले स्थानीय पूँजी परिचालन गरी साना तथा लघु लद्यम व्यवसायीहरुलाई आर्थिक परिचालनको लागि सहयोग गर्न बैंक तत्पर रहेको र ग्रामीण क्षेत्रमा समेत आगामी दिनमा बैकिङ्ग सेवा विस्तार गरी सेवाग्राहीहरुलाई सुविधा उपलब्ध गराउने योजना रहेको जानकारी गराए ।

उपरोक्त दुवै कार्यक्रमहरुमा स्वागत मन्तव्य दिदै बैंकका प्रमुख कार्यकारी अधिकृत श्री विजय बहादुर श्रेष्ठले देशको आर्थिक अभिबृद्धिमा टेवा पुर्याउन बैकिङ्ग सेवालाई गाउँ तथा ग्रामिण क्षेत्रमा विकेन्दिकृत गरी  स्थानीयस्तरमा उद्यमशीलताको विकास र आर्थिक अभिबृद्धि गर्नका लागि सहकार्य गरिने प्रतिवद्धता सहित सम्पूर्ण अतिथिहरु लाई स्वागत गरे ।
कार्यक्रममा त्यस क्षेत्रमा रहेका बैंकका पुर्व संचालकहरु, बैंकका संस्थापक समाजसेवी, पत्रकार, विभिन्न संघसंस्थाका प्रमुख, व्यापारी, स्थानीय व्यक्तिहरुको उपस्थिति रहेको रहेको थियो ।

यस अघि गत महिना बैंकले बाँके जिल्लाको रिमझिममा पनि थप शाखा संचालनमा ल्याइसकेको छ ।