काठमाण्डौ । केही ठूला विकास बैंकबीच धितोबिना नै १५ लाखको दरले ऋण दिने प्रतिस्पर्धा चलेको छ ।

केही दिनअघि कैलाश विकास बैंकले बिनाधितो १५ लाख बराबरको प्रोफेसनल लोन(व्यवसायिक कर्जा)को अफर सार्वजनिक गरेको थियो । कैलाशलाई टक्कर दिंदै ओम डेभलपमेन्ट बैंकले समेत त्यस्तै योजना अगाडि सारेको छ । 

ओमले समेत अब डाक्टर, इञ्जिनियर र राम्रो जागिर खानेहरुका लागि बिनाधितो १५ लाख बराबरको व्यवसाय कर्जा दिनेछ । यस्तो कर्जामा कति प्रतिशत ब्याज लाग्छ भन्ने कुरा चाहि ओमले खुलाएको छैन । 

राम्रो जागिर भएका, तर धितोको अभावमा केही गर्न चाहँदा लोन नपाइरहेकाहरुले बैंकहरुको यस्तो स्किमबाट लाभ उठाउन सक्नेछन् ।