काठमाण्डौ । देवः विकास बैंकको एघारौं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ।
संचालक समितिका अध्यक्ष प्रा.डा. सुवर्णलाल बज्राचार्यको अध्यक्षतामा काठमाडौमा सम्पन्न भएको हो ।
साधारणसभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०७३/७४ को मुनाफाबाट २०७४ कात्तिक २२ गतेसम्म कायम देवः विकास बैंक लिमीटेडको शेयरधनीहरुलाई वितरण गरिने गरी तत्कालीन चुक्तापूँजीको १७.१० प्रतिशत बोनस शेयर प्रदान गर्ने तथा कर प्रयोजनका लागि ०.९० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको बताइएको छ ।
साथै, सोही सभाबाट देवः विकास बैंक लि.को साथसाथै साविक युनियन फाइनान्स तथा साझा विकास बैंकको लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७३/७४ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिसम्मको नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण समेत पारित गरियो ।
साथै सो सभामा देवः विकास बैंक लिमीटेडले आगामी आ.व.मा वेस्टर्न डेभलपमेण्ट बैंक लिमीटेडलाई प्राप्ति गर्ने समझदारी सम्पन्न भएको जानकारी समेत गराइएको थियो ।
21 minutes ago
29 minutes ago
36 minutes ago
11 hours ago
11 hours ago
11 hours ago
19 hours ago
20 hours ago
21 hours ago
1 day ago