काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ का लागि आफ्ना सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको छ ।

संस्थाको हिजो शनिबार बसेको सञ्चालक समितिको बैठकले कुल २० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशमा चुक्तापुँजी १९ करोड ४८ लाख १० हजार रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड ९४ लाख ८१ हजार रुपैयाँबराबरको बोनस सेयर र १० प्रतिशतले नै हुन आउने १ करोड ९४ लाख ८१ हजार रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) रहेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि आगामी वार्षिक साधारणसभाबाट वितरण गरिने संस्थाले जनाएको छ ।

संस्थाको आजै सार्वजनिक चालु आर्थिक वर्षको वित्तीय विवरणअनुसार संस्थाले खुद नाफा १९१.७ प्रतिशत बढाउन सफल भएको छ।

प्रथम त्रैमासमा संस्थाले २ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा संस्थाले ७७ लाख रुपैयाँमात्र खुद नाफा आर्जन गरेको थियो ।