काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको लाभांशमा संशोधन गरेको छ ।

संस्थाको हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले प्रस्तावित लाभांशमा संशोधन गरेको हो । संस्थाको कात्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजी १९ करोड ४८ लाख १० हजार रुपैयाँको १० प्रतिशतले हुन आउने बोनस सेयर र १० प्रतिशतले नै हुन आउने नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने प्रस्ताव गरेको थियो ।

अहिले संस्थाले उक्त प्रस्तावलाई संशोधन गर्दै चुक्तापुँजीको १५ प्रतिशतले हुन आउने २ करोड ९२ लाख २१ हजार ५०० रुपैयाँबराबरको बोनस सेयर र ५ प्रतिशतले हुन आउने ९७ लाख ४० हजार ५०० रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर आएपछि आगामी वार्षिक साधारणसभाबाट वितरण गरिने संस्थाले जनाएको छ ।