काठमाण्डौ । विदेशमा श्रम गरिरहेका नेपाली कामदार तथा एनआरएनहरुलाई लक्षित गरी नेपाल राष्ट्रबैंकले लगानीको अवसर दिने भएको छ । 

केन्द्रीय बैंकले वैदेशिक रोजगार बचतपत्रमा लगानीको अवसर दिने भएको हो । २५ करोड रुपैयाँ बराबरको ५ वर्षे अवधिको ‘वैदेशिक रोजगार बचतपत्र २०७८–ग’ मा प्रस्ताव आह्वान गरिएको हो।

वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैरआवासीय नेपालीहरुले बचतपत्र खरीदका लागि चैत २ गतेदेखि चैत २४ गतेसम्म तोकिएका स्थानमा आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ । 

यो बचतपत्रमा वार्षिक १० प्रतिशतको दरले ब्याज पाइनेछ भने ब्याजको भुक्तानी प्रत्येक ६ महिनामा हुने बताइएको छ । घटीमा पाँच हजार रुपैयाँ र बढीमा पाँच हजारले भाग गर्दा निःशेष भाग जाने गरी निस्किने रकमसम्म लगानी गर्न सकिने सुविधा दिइएको छ । 

यो बचतपत्र विदेशमा रोजगारीमा संलग्न वा रोजगारीबाट स्वदेश फर्किएको ४ महिना नपुुगेका नेपाली नागरिक तथा गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य(बुुबा, आमा, श्रीमान, श्रीमति, छोरा र छोरी मात्र)को नाममा खरीद गर्नसक्नेछन् ।

वैदेशिक रोजगार बचतपत्र खरीद गरेको व्यक्तिलाई कुनै बेला पैसाको समस्या परे यसलाई धितो राखेर बैंकबाट ऋण समेत लिन पाइन्छ । 

बचतपत्रको बिक्री चैत २ देखि २४ गतेसम्म खुल्ला हुने, चैत ३० गते निश्कासन गरिने र साँवा भुक्तानी चाहि २०७८ चैत ३० गते हुने बताइएको छ । 

राष्ट्रबैंकले  बचतपत्र खरीदका लागि आवेदन बुुझाउन सकिने बिक्री एजेण्टहरुको नाम, ठेगाना र सम्पर्क नम्बर समेत सार्वजनिक गरेको छ । नेपालभित्रका बिक्री एजेण्टहरुको पूर्ण विवरण यसप्रकार छ :

यस्तै, नेपाल बाहिरका बिक्री एजेण्टहरुको पूर्ण विवरण यस्तो छ :

बचतपत्रको फारम भर्दा आवश्यक कागजात तथा अन्य जानकारीका लागि यो सूचना पढ्नुहोस् :