काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स र भारतको कन्फेडेरेसन अफ वेष्ट बंगाल टे«ड एशेसिएशनबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

भारतको कोलकातामा भएको एक कार्यक्रमबीच दुई पक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा नेपाल चेम्वर अफ कमर्सकोतर्फबाट अध्यक्ष राजेशकाजी श्रेष्ठ र कन्फेडेरेसन अफ वेष्ट वंगाल ट्रेड एसोसिएशनकातर्फबाट अध्यक्ष शुसिल पोद्धारले हस्ताक्षर गरे ।

सो अवसरमा नेपालका तर्फबाट भारतको कोलकाताका लागि महावाणिज्यदूत एकनारायण अर्याल, वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैंजू, भन्सार विभागका महानिर्देशक जगदीश रेग्मी र नेपाल इन्टरमोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण बस्नेत समेत सहभागी थिए ।

समझदारीपत्रमा हस्ताक्षरपछि नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा लगानी गर्न भारतीय पक्षसँंग आग्रह गरे । उद्योगलगायत पर्यटन क्षेत्रमा लगानीका लागि उनंले भारतीय पक्षसँंग विशेष अनुरोध समेत गरे । नेपाल र भारतबीचको व्यापार व्यवसाय प्रबद्र्धनका लागि काठमाडौंदेखि भारतको कोलकातासम्मको हवाई उडानको संख्या बृद्धि आवश्यक भएकोमा उनले जोड दिए । 

समझदारीपत्रले द्धिपक्षीय व्यापार तथा लगानी अभिबृद्धि भई आपसी समझदारी बढ्ने विश्वास गरिएको छ । नेपाल चेम्वर अफ कमर्सले हालसम्म ५६ मुलुकहरुसँंग समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ ।