काठमाण्डौ । नेपालमा विद्युतीय वाहनको क्रमिक विकासतर्फ अर्को कदम अघि बढाउँदै दिगोले आफ्नो विद्युतीय सिटी कार दिगो इ८ को बुकिङ सुरु गरेको छ । 

दिगो नेपालको मोबिलिटी क्षेत्रलाई रुपान्तरण गर्ने भिजन बोकेको नयाँ ऊर्जा कम्पनी हो । यो कम्पनी यात्रा गर्ने अझ बढी जिम्मेवार विधि छ भन्नेमा विश्वास गर्दछ र यसैलाई चीरस्थायी बनाउन प्रतिबद्ध छ । दिगो पर्यामैत्री यातायाततर्फको परिवर्तनमा उत्प्रेरकको भूमिका खैल्दै अन्ततः वातावरणीय रुपमा दिगो नेपालको मार्ग प्रशस्त गर्ने काममा उत्प्रेरक बन्न चाहन्छ । 

‘उत्सर्जनशून्य’ भविष्यको लक्ष्य हासिल गर्न दिगोले विद्युतीय मोबिलिटीको पूर्ण इकोसिस्टम विकास गर्नुका साथै सिएटिएल, स्टार चार्ज, डिएफएसके, सिएचटिसी, जोयलङ जस्ता यस क्षेत्रका नेतृत्वदायी कम्पनीहरुसँग सहकार्य गरिरहेको छ । यो प्रतिबद्धता पूरा गर्न कम्पनीले बिक्रीपछिको विश्वस्तरीये सेवाको सुनिश्चित गरेको छ । 

दिगो इ८ मा आधुनिक र ताजा डिजाइन देखिन्छ, जसले तत्काल ध्यान आकर्षित गराउनुका साथै दीर्घकालीन प्रभाव छाड्छ । यो वातावरणमैत्री नेपाली ग्राहकका लागि आधुनिक, नयाँपनको प्रयोगमा अग्रणी र नवोदित कार हो । दिगो इ८ नविन डिजाइन र उन्नत प्रविधिको मिश्रण हो, जसले कार्बन उत्सर्जन न्यूनीकरणमा योगदान गर्छ । 

नयाँपन प्रयोगमा अग्रणी र आधुनिक डिजाइनको दिगो इ८ निकै चित्ताकर्षक छ । इ८ मा रातिको समयमा उत्तम खालको प्रकाश दिने ठूला हेडल्याम्प र दिउँसोको लागि शानदार एलइडी ल्याम्प छन् । शानदार डुअल–टोन डाइमन्ड कल अलो ह्विल र बडी प्यानलको फुर्तिलो क्रिजले गाडीलाई आफ्नो सेग्मेन्टमा अग्रणी, स्पोर्टी र आधुनिक स्वरुप दिएको छ । अग्लो ढक्कन (बोन्नेट) ले इ८ लाई अझ साहसी मुद्रा प्रदान गर्नुका साथै ड्राइभिङमा भरोसा प्रदान गर्दछ । इ८ को अगाडिपट्टि कठिन मौसमी अवस्थामा पनि स्पष्ट प्रकाश दिने फगल्याम्प छन् । यो फिचर यस सेग्मेन्टका कारमा पहिलोपटक आएको हो । अगाडिको बम्परले दुवैतिर फराकिलो सेन्टर एयर–ड्याम र एयर डक्टसको भल्को दिन्छ, जसले गाडीलाई चौडा रुप दिएको छ । पछाडिपट्टि मजबुत बम्पर र एलइडी टेललाइट छन् ।

आधुनिक, कुशल र मनोहर बनावटले इ८ भित्र पस्दा ‘वाह ! भन्नुपर्ने बनाउँछ । ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट युनिटसहितको पूर्ण नियन्त्रण व्यवस्था बुझ्न र प्रयोग गर्न सजिला छन् । यसको डिजिटल इन्स्ट्रूमेन्ट क्लस्टर, परिष्कृत स्पर्श अनुभूति र प्रिमियम उपकरणको प्रयोगले भविष्यको प्रिमियम वातावरणमा रहेको अनुभूति दिलाउँछ । स्पोर्ट र इको ड्राइभ मोडमा बदल्न मिल्ने अप्सन र अटोमेटिक ट्रान्समिसनले ड्राइभिङ अनुभवलाई सहज र आनन्दित बनाउँछ । सहरी यात्राका लागि यसको स्वचालित गेयर पर्याप्त छ । यसमा न त गेयर बदलिरहनुपर्ने झन्झट छ न कम गतिमा कार अड्किने सम्भावना नै । 

पोर्सबाट प्रेरित अटोमेटिक ट्रान्समिसन गेयर लिभरले इ८ को भित्री परिवेशलाई अझ मोहक बनाएको छ । यसको रेयर क्यामेराले पछाडिको नदेखिने भाग (ब्लाइन्ड स्पट) लाई कम गराउँदै गाडी ब्याक गर्दा ठोक्किने सम्भावना न्यून बनाएको छ ।  
चेप्टो स्टेरिङ ह्विल र आरामदायी लेगरुम÷हेडरुमले प्रवेश र गमनलाई आरामदायी बनाउँछ । यसमा कुशलतापूर्वक डिजाइन गरिएको १८ स्टोरेज स्पेस छ, जुन यात्राका क्रममा तपाईंका सरसामान तथा अति आवश्यक वस्तु राख्न पर्याप्त हुन्छ । 

पावर विन्डो, पावर स्टेरिङ, एडजस्टेबल हेडरेस्ट, सेफ्टी बेल्ट, एयर कन्डिसनिङ, युएसबी चार्जर, सिग्रेट लाइट, साइड इन्डिकेटरसहितको इलेक्ट्रिक ओआरभिएम त यसमा नहुने कुरै भएन । समग्रमा यसको भित्री भाग निकै व्यवहारिक छ, जसले यसका निकै महँगा प्रतिस्पर्धी गाडीमा रहेका सबै फिचरहरु समेटेको छ ।