काठमाण्डौ । सनराइज बैंकले आफ्नो ग्राहक वर्गलाई उच्च सेवा प्रदान गर्ने तथा बिद्युतीय भुक्तानीलाई अझ सहज तथा सुरक्षित बनाउने क्रममा भिसासँग सहकार्य गर्दै भेरिफाइड बाई भिसा(भीबीभी) सेवा संचालनमा ल्याएको छ ।

भीबीभी सेवा मार्पmत भिसा डेविट कार्ड तथा क्रेडिट कार्ड प्रयोग गरि इन्टरनेट मार्फत गरिने भुक्तानीमा सुरक्षाको एक नयाँ तह थपिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस सेवामार्फत ग्राहकवर्गले सनराइज बैंकको आफ्नो कुनै पनि भिसा डेविट कार्ड तथा क्रेडिट कार्ड प्रयोग गरी इन्टरनेट मार्फत भुक्तानी गर्दा बैंकमा दर्ता गरिएको मोवाइल तथा ईमेलमा अनटाइम पासवर्ड(ओटीपी) प्राप्त गर्नेछन् र सोही ओटोीपी मार्फत मात्र कारोवार सफल हुनेछ, जसकारण कारोवार गर्ने व्यक्ति वैध हुन् भन्ने पुष्टि हुनेछ । 

सन्राइज बैंकको आफ्नो कुनै पनि भिसा डेविट कार्ड तथा क्रेडिट कार्डमा यो सेवा संचालनका लागि ग्राहकवर्गले नजिकको शाखा कार्यलयमा सम्पर्क गर्नुपर्ने र यस सेवा संचालन वापत कुनै पनि सेवा शुल्क नलाग्ने बैंकको प्रष्टोक्ति छ । 

बैंकले ८८ वटा शाखा, २२ वटा शाखारहित बैंकिङ्ग सेवा ३ वटा एक्सटेन्सन काउण्टर, ९९ वटा ए.टि.एममार्फत आफ्ना ४ लाख बढी ग्राहकलाई सेवा प्रवाह गर्दै आएको छ ।