काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले आइतबार आफ्ना देशभरका विभिन्न कार्यालय तथा त्यहाँस्थित विभिन्न विभाग तथा समूहमा काम गर्ने गरी विभिन्न पदमा ५ सय १ जनाका लागि जागिरको अवसर खुलाएको छ । 
 

खुल्ला प्रतियोगितात्मक परीक्षाको लागि आवेदनको सूचना प्रकाशित गर्दै प्राधिकरणले  अधिकृत स्तर र सहायक स्तरका विभिन्न समूहका लागि रिक्त पदहरुमा योग्य उम्मेद्वारबाट दरखास्त आह्वान गरेको हो । 
 

प्राधिकरणले विभिन्न समूहको अधिकृत स्तरको पदमा १ सय ६ जनाका लागि जागिरको अवसर खुलाएको छ भने सहायक स्तरका पनि विभिन्न समूहमा ३ सय ९५ जनाका लागि जागिर खुलाएको छ । 
 

प्राधिकरणले प्रकाशन गरेको सूचनाका अनुसार अधिकृततर्फ ७, ८, ९ र १० औं तहका लागि दरखास्त आह्वान गरेको छ । अधिकृत माग भएका समूहमा प्रशासन, इलेक्ट्रिकल, सिभिल, लेखा, विविध, मेकानिकल र कम्प्युटर रहेका छन् । 
 

यस्तै, प्रशासन समूहका लागि सहायक स्तरतर्फ मिटर रिडिङ सुपरभाइजर १९, प्रशासन समूहको लेखापाल १९, इलेक्ट्रिकल समूहतर्फ सुपरभाइजर ४० जना, मेकानिकल समूहतर्फ सुपरभाइजर ७, सिभिल समूहतर्फ सुपरभाइजर ३,  विविध समूहतर्फ सिनियर हेभी इक्वीपमेन्ट अपरेटर एकजना, प्रशासन समूहतर्फ सिनियर मिटर रिडर ७२ जनाका लागि जागिरको अवसर खुलाइएको छ । यसैगरी, लेखा समूहतर्फ सहायक लेखापाल पदमा २४ जना, इलेक्ट्रिकल समूहतर्फ फोरमेन पदमा ७८ जना, सिभिल समूहतर्फ फोरमेन पदमा ४ जना, विविध समूहतर्फ फोरमेन ड्राइभर पदमा ८ जना, प्रशासन समूहततर्फ मिटर रिडर पदमा ३५ जना, इलेक्ट्रिकल समूहतर्फ इलेक्ट्रिसियन पदमा ८० जना र विविध समूहतर्फ ड्राइभर पदमा ५ जनाका लागि दरखास्त आह्वान गरिएको छ । 
 

दरखास्त आह्वान गरिएका पदहरुमा आवेदन दिन इच्छुकले नेपाल विद्युत प्राधिकरणको वेबसाइटमार्फत दरखास्त फारम डाउनलोड गरी भर्नसक्ने जनाइएको छ । दरखास्त फारम सहायक स्तरका लागि जुन क्षेत्रको पदका लागि बुझाउने हो, सोही क्षेत्रका प्राधिकरणका क्षेत्रीय कार्यालयहरु क्रमशः विराटनगर, जनकपुर, हेटौंडा, पोखरा, बुटवल, नेपालगञ्ज, अत्तरियामा बुझाउनुपर्ने बताइएको छ। यसैगरी, अधिकृतस्तर र काठमाण्डौ क्षेत्रका सहायक स्तरको हकमा नेपाल विद्युत प्राधिकरण, तालिम केन्द्र खरिपाटी भक्तपुरमा दरखास्त फारम बुझाउनुपर्नेछ । सबै पदहरुको पाठ्यक्रम समेत नेपाल विद्युत प्राधिकरणको वेबसाइटमार्फत डाउनलोड गर्न सकिने बताइएको छ । 
 

(बाँकी सूचना तथा जानकारी दरखास्त आह्वान सम्बन्धी प्राधिकणले जारीको सूचनाबाट लिन सक्नुहुनेछ, त्यसका लागि सूचना सम्बन्धी वेबसाइटमा देखिएको फोटोलाई डबल क्लिक गर्नुहोस् )