काठमाण्डौ । विभिन्न जिल्लाका चेम्बर अफ कमर्सले कोरोना भाइरस ९ कोभिड १९० प्रकोपका सन्दर्भमा नगद    हस्तान्तरण तथा माक्स लगायत विभिन्न सामानहरु वितरण र सुपथ पसल संचालन गरेको छ ।

धादिङ चेम्बर अफ कमर्सद्धारा सुरक्षाकर्मी  र सञ्चारकर्मीलाई मास्क र सेनिटाइजर वितरण गरिएको छ । चेम्बर अफ कमर्स कपिलवस्तुका अध्यक्ष र व्यवसायिक प्रतिष्ठानका संचालक युवा नेता महादेव पोखरेलले शिवराज नगरपालिका प्रकोप व्यवस्थापन कोषमा रु ५५ हजार ५ सय ५५ हस्तान्तरण गरे भने चेम्बर अफ कमर्स तौलिहवाले पनि एक सय घर परिवारलाई राहत वितरण गरेको जनाएको छ ।

यसैगरी तुलसीपुर चेम्बर अफ कमर्सद्धारा मजदुरलाई माक्स वितरण गरिएको र गल्याङ चेम्बर अफ कमर्सद्धारा गल्याङ नगरपालिकाको प्रकोप व्यवस्थापन राहत कोषमा ५१ हजार १ सय हस्तान्तरण गरेको बताएको छ ।

यता हरिवन चेम्बर अफ कमर्स र स्वाभिमान अस्पतालको सहकार्यमा स्वाभिमान सहकार्यमा स्वाभिमान अस्पतालमा १६ वटा वेडमा क्वारेन्टाइन र आइसोलेसन सेवा सुचारु गरिएकोमा काभ्रे चेम्बर अफ कमर्सले भने माक्स, सेनिटाइर र पञ्जा वितरण गरिएकोे जानकारी दिएको छ ।