काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र विराटनगरको गोल्डेन हस्पिटल प्रालिबीच सहकार्य गर्ने सम्बन्धी सम्झदारीपत्रमा हस्ताक्षर भएको छ ।  

यो सम्झौतापश्चात बैंकका  डेबिट/क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले गोल्डेन हस्पिटल प्रालिमा उपचार गराउँदा विशेष छुट पाउनेछन् । 

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभी फैलिएका आफ्ना ८१ वटा शाखा, ७६ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।