काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडले मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नं. ७ स्थित गोल्छा चोकमा विराटनगर विस्तारित काउण्टर यही श्रावण ५ गतेबाट सञ्चालनमा ल्याएको छ । 

बैंकले सञ्चालनमा ल्याएको यस विस्तारित काउण्टरको समुद्घाटन विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले गरे ।

एनआइसी एशिया मुलुकभर २९२ शाखा कार्यालयहरु, ३०२ एटिएम, ५० वटा एक्सटेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।

बैंकका करिब १६ लाख ग्राहक रहेका छन् ।