काठमाण्डौ । सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१,पुष्पलाल चोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले गरे ।

उक्तशाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकका क्षेत्र नं १ का प्रदेश प्रमुख सन्तोषकुमार बुढाथोकी, सो क्षेत्रका राजनीतिक व्यक्तित्व, उद्योगी, व्यवसायी, सर्वसाधारण लगायतको सहभागिता थियो । 

उद्घाटनको क्रममा विराटनगरका मेयर पराजुलीले त्यस क्षेत्रको बढ्दो आर्थिक गतिविधिलाई सिभिल बैंकको यस शाखाले थप टेवा पुर्याउने विश्वास व्यक्त गरेका थिए । 

सोही समारोहमा सिभिल बैंकका क्षेत्र नं १ का प्रदेश प्रमुख सन्तोषकुमार बुढाथोकीद्वारा महिला जागृति तथा वृद्घ आश्रमलाई रु २५,००० को चेक पनि हस्तान्तरण गरिएको थियो ।

बचतकर्ताहरुले समान मासिक रकम बचत गरी योजनाको अन्त्यमा साँवा तथा ब्याजको एकमुष्ठ रकमको लाभ पाउने एन्यूटी डिपोजिट निक्षेप योजना नेपालमै पहिलो पटक ल्याएको सिभिल बैंकको शाखा संख्या १०० र एटिएम संख्या ६५ पुगेको छ ।