काठमाण्डौ । महालक्ष्मी विकास बैंकले मोरंगको विराटनगरमा नयाँ शाखा स्थापना गरी असार २५ गते सोमबारदेखि संचालनमा ल्याएको छ । 

विराटनगर महानगरपालिका वडानम्बर २ मा स्थापित यो शाखा बैंकको ७३ औं शाखा हो। 

यस्तै, बैंकले यही दिन साबिकको महालक्ष्मी विकास बैंकको धादिङ्ग बेशी शाखाको, धादिङ्ग जिल्ला धुनिबेशी नगरपालिका वडा नं ६, धार्केमा स्थानान्तरण गरिरएको बैंकले जनाएको छ । 

यसैगरी, आइतबार साबिकको बैंकको लायन्सचोक नारायणगढ स्थित शाखाको स्थानान्तरण भई हाकिमचोक, चितवनबाट बैकिङ्ग कारोबार सञ्चालनमा ल्याइएको समेत बताइएको छ । 

हाल महालक्ष्मी विकास बैंकको चुक्तापुँजी रु. २ अर्ब ६३ करोड रहेको छ भने बैंकले हालसम्म रु.२६ अर्ब १० करोड निक्षेप संकलन गरी रु. २१ अर्ब ६४ करोड कर्जा प्रवाह गरेको छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ७३ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या ४ लाख ४० हजार बढी रहेको छ ।