काठमाण्डौ । महालक्ष्मी विकास बैंकले भदौ ८ गते बिराटनगर महानगरपालिका वडा नं ०२, मोरङ्ग स्थित बिराटनगर शाखाकोे औपचारिक समुद्घाटन कार्यक्रम सम्पन्न गरेको छ। 

सो शाखाको समुद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले दीप प्रज्वलन गरी गरेका थिए । सोही अवसरमा बैंकका सञ्चालन समितिका अध्यक्ष राजेश उपाध्यायको समेत उपस्थिति थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने ले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणलाई उपस्थितिका लागि धन्यवाद दिएका थिए । 

साथै उनले कार्यक्रममा बैंकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको जानकारी दिँदै आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैंकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैंकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिबद्धता गरे । 

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा बैङ्गिक पहुँच पुर्याउने उद्देश्यका साथ यस बैंकले आगामी दिनहरुमा थप शाखामार्फत अझ प्रभावकारी सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ ।