काठमाण्डौ । स्थानीय तहको संख्या पुनरावलोकन गर्न गठित कार्यदलको सिफारिसअनुसार सरकारले थप २ उपमहानगरपालिकालाई महानगरपालिका बनाउने र तराई मधेशमा २२ वटा स्थानीय थप्ने निर्णय गरेको छ ।

मधेशी दलहरुलाई समेत निर्वाचनमा सहभागी गराउने रणनीति अनुरुप उनीहरुको मागलाई सम्बोधन गर्दै सरकारले यस्तो निर्णय गरेको हो । 

सरकारले स्थानीय विकास तथा संघीय मामिला मन्त्री विजयकुमार गच्छदार नेतृत्वमा स्थानीय तहको संख्या थप्न कार्यदल गठन गरेको थियो । यो कार्यदलले वीरगन्ज र विराटनगरलाई महानगरपालिका बनाउने र तराई मधेशमा २२ वटा स्थानीय तह थप्ने सिफारिस गरेको थियो । 

सोही अनुसार सोमबार बसेको मन्त्रीपरिषदक बैठकले विराटनगर र वीरगञ्जलाई महानगरमा स्तरन्नोति गर्ने निर्णय गरेको हो । 

यी २ महानगरसहित देशमा महानगरको कुल संख्या ६ पुुगेको छ । काठमाण्डौ मात्र महानगर रहेको अवस्थामा स्थानीय निर्वाचनको पहिलो चरणअघि सरकारले भरतपुर, पोखरा र ललितपुरलाई समेत महानगरमा स्तरन्नोति गरेको थियो । 

सोही सिफारिसलाई बनाउने निर्णय गरेको छ। मन्त्रिपरिषदको सोमबार अबेर बसेको बैठकले उक्त निर्णय गरेको हो। मन्त्रिपरिषद बैठकले तराई मधेसमा २२ वटा स्थानीय तह थप्ने निर्णयसमेत गरेको छ। 

क्याबिनेट बैठकले सुनसरीमा दुई, सप्तरीमा एक, धनुषामा एक, सर्लाहीमा तीन, रौतहटमा दुई, पर्सामा एक, बारामा एक, नवलपरासीमा तीन, रुपन्देहीमा तीन, कपिलवस्तुमा तीन, कैलालीमा एक र बाँकेमा एक स्थानीय तह थप्ने निर्णय गरेको छ । यसैगरी झापामा दुई नगरपालिका थपिएको छ भने सिरहामा एक, रौतहटमा सबैभन्दा बढी ११, धनुषामा एक, बारामा एक, रुपन्देहीमा दुई, बाँकेमा दुई, कैलालीमा एक र महोत्तरीमा तीन नगरपालिका थपिएका छन् ।