काठमाण्डौ । कामना सेवा विकास बैंकले मोेरङको विराटनगर र सुनसरीको इटहरीमा नयाँ शाखा स्थापना गरी औपचारिक रुपमा संचालनमा ल्याएको छ । 

बैंकले प्रदेश नं. १ स्थित मोरङ जिल्लाको विराटनगरस्थित धरान रोडमा र सुनसरी जिल्लाको इटहरी चौकमा जेठ १९ गते ८५ औं र ८६ औं शाखा स्थापना गरी कारोबार थालेको हो । 

बैंकका संचालक समितिका अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतको उपस्थितिमा नयाँ शाखाहरुको कारोबार आरम्भ गरिएको हो । 

सोही क्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले यी शाखा समेत गरी प्रदेश नं. १ मा शाखाको संख्या ७ पुगेको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताउँदै देशको उत्कृष्ट औद्योगिक र व्यापारिक क्षेत्र पूर्वी नेपालमा शाखा बिस्तारले व्यापार प्रवद्र्धनमा गति मिल्ने बताए । 

सो अवसरमा बैंकले व्यवसाय विस्तारको क्रममा नवीन प्रडक्टहरु तथा वृहत शाखा सञ्जालमार्फत आफ्ना ग्राहकहरुलाई उच्चस्तरको बैंकिङ्ग सेवा उपलब्ध गराउँदै जाने प्रतिबद्धता समेत व्यक्त गरेको थियो ।