काठमाण्डौ । विवाहको मौसम आउन लागेको छ । बैशाख लाग्नेबित्तिकै नेपाली पात्रोमा विवाहका लगनहरु थुप्रै छन् । विवाहमा हुने फजुल खर्चको  बिषयमा धेरै सोचविचार गर्ने र केही आइडिया लगाउने हो भने धेरै नियन्त्रण कायम गर्न सकिन्छ । शहरको बीचमा कुनै महंगो होटल वा पार्टी भेन्यू बुक गराउनको साटो शहरदेखि थोरै बाहिरी इलाकामा समेत यस्ता स्थानहरु बुक गराउन सकिन्छ । खासगरी आफूले समेत केही गर्न सक्ने गरी शहरी क्षेत्रदेखि बाहिरका इलाकाहरुमा खालि जमीन समेत विवाह जस्ता समारोहका लागि बुक गराउन पनि सकिन्छ । यसो गर्दा खर्च कम हुन्छ । तपाईले फजूल खर्च रोक्न वा कम खर्चमै विवाह जस्ता समारोह सम्पन्न गर्नका लागि यस्तो ठाउँको बुक गराउनुपर्छ, जहाँ साजसज्जाको नाममा धेरै खर्च गर्ने आवश्यकता नपरोस् । यो कामबाट आफ्नो सुविधा अनुसार तपाईले आफ्नो छनौटको ठाउँ बुक गराउन सक्नुुहुन्छ र तपाईलाइै खर्चको मामलामा पनि ठूलो राहात प्राप्त हुनेछ । 

खाना खर्चबाट यसरी बच्ने
विवाहमा मीठो खाना खान को चाहदैन ? तर यसमा पनि विदेशी खानामा नेपाली खानाको स्वाद मिसाएर तपाईले आगन्तुुकहरुलाई सन्तुुष्ट पार्न सक्नुुहुन्छ । शहरका विवाहस्थलहरुमा एक प्लेट खानाका लागि १ हजार रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ । तर पूरा रुपमा नेपाली खानाको प्लेट बनाउन लगाउने हो भने प्रति प्लेट खर्च ६ सयसम्ममा कभर हुनसक्छ । यसरी खानाको डिसमा समेत ध्यान दिंदा तपाईको खर्च बच्नेछ । 

राम्रो सजावट, न्यून खर्च
ताजा फूल तथा फेब्रिकको साटो रंगीचंगी लाइट्स तथा कृत्रिम फूलहरुले पार्टी भेन्यूू सजाउँदा थोरै खर्च पर्छ । यस अलावा तपाईले स्थानीय क्राफ्ट्स म्यानको सहयोगबाट समेत कम मूल्यमा राम्रो काम गराउन सक्नुुहुन्छ । यस्ता प्रयोगहरुबाट तपाईको विवाहस्थल राम्रो पनि देखिनेछ र बजेट पनि सन्तुलित हुनेछ । 

महंगा कपडा र गहना भाडामा लिने
आम रुपमा विवाहमा लगाउने कपडा तपाई फेरि लगाउनुहुुन्न । यस्तै महंगा गरगहनाका आइटम समेत तपाई प्रत्येक दिन लगाउनुुहुन्न । यहीकारण महंगा कपडा तथा गरगहना विवाह प्रयोजनका लागि मात्र भाडामा लिनुु समेत गलत विकल्प होइन । भाडामा कपडा लिएमा तपाईको यो शीर्षकको बजेटमा ७० प्रतिशतसम्म बचत हुन्छ । यस अलावा तपाईलाई मन पर्ने गहना समेत निकै सस्तो भाडामै पाउन सकिन्छ । 

इमेलबाट निमन्त्रणा
विवाहको कार्डमा समेत धेरै खर्च हुने गरेको छ । आफन्त र साथीभाईलाई निम्ता गर्न समेत यस्ता कार्ड छपाई गर्नुपर्ने र यसमा धेरै खर्च गर्ने प्रचलन छ । तर यो फजूल खर्चबाट तपाई सहजै बच्न सक्नुुहुनेछ । कार्डको विकल्पको रुपमा तपाईले इमेल, फेसबुक म्यासेञ्जर, ह्वाट्सअप लगायतका माध्यमलाई प्रयोग गर्न सक्नुुहुन्छ । कतिपय आफन्त आधुनिक प्रविधिसँग नजोडिएका हुनसक्छन्, तिनीहरुका लागि थोरै संख्यामा सामान्य कार्ड छपाउन सकिन्छ । 

सस्तोमै तस्विर र भीडीओ
विवाहको तस्विर तथा भिडियोका लागि व्यवसायिक मानिसलाई छनौट गर्नुभन्दा क्यामेरा चलाउन जान्ने नयाँ मान्छेलाई हायर गर्न सकिन्छ, यसो गर्दा खर्च कम हुन्छ । यस्ता नयाँ व्यक्तिले फिस मात्र कम लिंदैनन्, उनीहरुले नयाँ आइडिया समेत निकाल्न सक्छन् ।