काठमाण्डौ । एसियाली विकास बैंक (एडिबी)ले विश्व अर्थतन्त्रमा देखिएको कमजोर अवस्थाका बाबजुद एसियाली अर्थतन्त्रको गति सन्तोषजनक रहेको जनाएको छ । 

एसियाका दुई ठूला अर्थतन्त्र भएका राष्ट्र भारत र चीनको आर्थिक वृद्धिदर बलियो रहेकाले सन् २०१६ र २०१७ मा एसियाली अर्थतन्त्रको वृद्धिदर बलियो रहेको देखाएको हो । 

एसिएन डेभलपमेन्ट आउटलुक (एडिओ) २०१६ सार्वजनिक गर्दै एडिबीले यी दुई वर्षमा एसियाली देशहरूको आर्थिक वृद्धिदर पनि परिवर्तन नहुने जनाएको छ । यी दुई वर्षको आर्थिक वृद्धिदर ५.७ प्रतिशत रहने एडिबीले जनाएको छ । 

एडिबीले यसअघि मार्चमा सार्वजनिक गरेको प्रक्षेपणमा कुनै परिवर्तन नभएको पनि जनाएको छ । एडिबीले गरेको यो प्रक्षेपण २०१५ को ५.९ प्रतिशतभन्दा ‘एसियाका दुई ठूला अर्थतन्त्र भएका राष्ट्र चीन र भारतको बलियो आर्थिक वृद्धिका कारण यो क्षेत्रको समग्र वृद्धिलाई मजबुद अवस्थामा राखेको छ,’ एडिबीका निमित्त प्रमुख अर्थशास्त्री चुछोङ छुआङले भने, ‘यद्यपि, अझै पनि नीति–निर्माताले अर्थतन्त्र कमजोर हुन सक्ने सम्भाव्यतालाई नजिकबाट हेर्नुपर्छ ।’